• २० भदौ २०८३, शनिबार
  • १ः४९ राती

कोरोनाको तेस्रो लहरसँग जुध्न तयारी अवस्थामा रहन जुम्ला प्रशासनको निर्देशन

प्रकाशित मिति

२०७८ माघ ५ गते, बुधबार ०७:१०

५ माघ २०७८, काठमाडौँ : कोरोना भाइरसको तेस्रो लहरसँग लड्न तयारी अवस्थामा रहन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले निर्देशन दिएको छ । कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा फैलिन थालेको भन्दै जिल्ला प्रशासन र जिल्ला समन्वय समितिको टोलीले निर्देशन दिएको हो । जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा फैलिन थालेकाले प्रतिष्ठानलाई तयारी अवस्थामा रहन निर्देशन दिएकी हुन् ।

National Life

कोरोनाको तेस्रो लहर भारतलगायत नेपालमा पनि तीव्र गतिमा फैलिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका स्वास्थ्य संस्थालाई निर्देशन दिएकाले सोही निर्देशन अनुरूप आफूले प्रतिष्ठानका कर्मचारीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताएकी छन् । जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख कार्मा बुढाले तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै प्रतिष्ठानलाई तयारी अवस्थामा रहन अनुरोध गरेका हुन् ।


प्रतिष्ठानमा रहेको अक्सिजन, आइसोलेसनको अवस्थाको बारेमा जानकारी दिन भनेका छन् । त्यस्तै प्रहरी राष्ट्रिय अनुसन्धान कार्यालय जुम्लाका डिएसपी राजकुमार न्यौपानेले तेस्रो लहरले निम्त्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रतिष्ठानलगायत जिल्लाका सरोकारवालाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक राजीव शाहले कोरोनाको तेस्रो लहरसँग जुध्नको लागि प्रतिष्ठान तयारी अवस्थामा रहेको बताएका छन् । प्रतिष्ठानका १ सय २० वटा आइसोलेसन बेड तयारी रहेको उनले बताएका छन् ।

Classic Tech Desktop

त्यस्तै आइसियु बेड पनि तयारी अवस्थामा रहेको शाहले बताए । प्रतिष्ठानमा पीसीआर किटको अभाव रहेको उनले बताएका छन् । त्यसको लागि सम्बन्धित ठाउँमा माग गरेको उनले बताएका छन् । जुम्लामा आठ जना कोरोना संक्रमित छन् । जिल्ला प्रशासन र जिल्ला समन्वय समितिले कोरोनाको तेस्रो लहर संक्रमाण कम गर्नका लागी जुम्लाको ऐपोर्टमा हेल्थ डेक्स राख्ने निर्णय गरिएको छ । उक्त हेल्थ डेक्स सञ्चालनका लागि ऐर्पोड, चन्दननाथ नगरपालिका जनस्वास्थ्य सेवा र कर्णाली प्रतिष्ठानसँगको सहयोगमा राखिने छ ।

प्रतिकृया