• २० भदौ २०८३, शनिबार
  • ५ः०२ बिहान

अवैध लागुऔषध ‘पोल्याण्ड’ सहित दुई युवा पक्राउ

प्रकाशित मिति

२०७८ माघ ५ गते, बुधबार ०६:४१

५ माघ २०७८, काठमाडौँ : अवैध लागुऔषध गाँजाको धुलो ‘पोल्याण्ड’ सहित दुईजनालाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ । माघ ३ मा धादिङको थाक्रे गाउँपालिका घर भएका २३ वर्षीय बिकाश लामा र मकवानपुर घर भएका २७ वर्षीय गणेश लामालाई पक्राउ परेका हुन् ।

National Life

धादिङतिरबाट पैदल हिँडेर काठमाडौं प्रवेश गर्न लागेका उनीहरुको साथबाट ९ सय ४० ग्राम गाँजाको धुलो (पोल्याण्ड) बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।


उनिहरु बिरुद्ध लागुऔषध नियन्त्रण ऐन अनुसार महानगरीय प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया