• २२ भदौ २०८३, सोमबार
  • ११ः३० बिहान

मानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्न

प्रकाशित मिति

२०७८ माघ ४ गते, मंगलवार ०५:४५

४ माघ २०७८, काठमाडौं : मानव अधिकार संचार प्रतिष्ठान नेपालको आयोजनामा भक्तपुर जिल्लामा क्रियाशिल नागरिक समाजका व्यक्तिहरुलाई मानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।

National Life

तालिमनमा स्थानीय जनप्रतिनिधिहरु, मानव अधिकारकर्मीहरु, नागरिक समाज संघ संस्थाहरुको प्रतिनिधिहरु सहितको उपस्थितिमा मानव अधिकारको ऐतिहासिक पृष्ठभुमि, राष्ट्रिय मानव अधिकार कार्ययोजना, र स्थानीय तहमा यसको आवश्यकता र कार्यान्वयको अवस्था, चुनौतिहरु, लगायत विषय बस्तुहरुमा रहेर प्रशिक्षक निराजन थपलिया, प्रशिक्षक सन्तोष सिक्देल, र प्रशिक्षक मीना शर्माले सहजिकरण गरेका थिए।


तालिममा सहभागीहरुले चाँगुनारायण नगरपालिका भित्र मानव अधिकारको वर्तमान अवस्था कार्यान्वयनको वस्तु अवस्था सहित चित्रण गर्दै कार्ययोजना तयार पारि चार समुहमा विभाजन भएर छलफल गरि प्रस्तुतिकरण गरेका थिए। उक्त कार्ययोजनालाई अन्तिम रुप प्रदान गर्न नगरपालिकामा गठ्न भएको मानव अधिकार टाक्स फोर्स कमिटीले आवश्यक छलफल गरि नगरपालिकाका बुझाउने विधायक समितिका सदस्य सरुना परियारले बताए ।

Classic Tech Desktop

कार्यक्रमको समापन सत्रमा उपस्थित हुर्दै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोम प्रसाद मिश्रले मानव अधिकारको कार्यान्वयनको अवस्थामा चाँगुनारायण नगरपालिका अगाडि रहेको र नागरिक समाज संघ संस्थाहरु सँग समन्वय सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको कुरा बताउँदै, मानव अधिकारको विषयमा नगरपालिका सदैव गम्भिर भएर कार्यक्रमहरु संचालन गरि रहेको र तालिम बाट बनेको कार्ययोजनाको बाट प्राप्त राय, सुझाव सल्लाहहरुलाई आवश्यकताको आधारमा ग्रहण गर्र्दै नगरपालिकाको नीति तथा कार्यक्रमको माध्यम बाट समेटेर अगाडि बढ्ने नगर प्रमुख मिश्रले प्रतिवद्धता व्यक्त गरे ।


तालिम कार्यक्रमको समापन गर्दै इह्रिकनका अध्यक्ष मीना शर्माले नागरिक समाज र स्थानीय तहमा मानव अधिकारको कार्यान्वयन गर्न र नागरिक समाजको क्षमता अभिवृद्धि गर्न स्थानीय तहहरु सँग सहकार्य गर्दै मानव अधिकार सुनिश्चित गर्न लागि पर्न र संस्थाले आवश्यक साथ सहयोग गर्न तयार रहेको कुरा व्यक्त गर्दै तालिममा सहभागि र सरोकारवालाहरुलाई धन्यवाद व्यक्त कार्यक्रम समापन गरे ।

प्रतिकृया