• 2:41 pm

नेपालमा थप १० हजार २५८ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति

२०७८ माघ ४ गते, मंगलवार ०५:३२

४ माघ २०७८ काठमाडौं :  नेपालमा थप १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ हजार ८७२ जनाको पीसीआर र ४ हजार ९५६ जनाको एन्टिजेन परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


बितेको २४ घण्टामा ५६२ जनाले कोरोनालाई जितेका छन् । सोही अवधिमा एक संक्रमितको मृत्यु भएको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ ।

प्रतिकृया