उदयपूर सिमेन्ट उद्योगको सकारात्मक संकेत : ६ महिनामै लक्ष्यभन्दा बढि उपलब्धि हाँसिल
प्रकाशित मिति
२०७८ माघ ४ गते, मंगलवार ०५:३१
४ माघ २०७८, काठमाडौं : उदयपूर सिमेन्ट उद्योगले यस वर्षको श्रावण देखि पौषसम्मको ६ महिनामा नै अपेक्षित लक्ष्यभन्दा बढि उपलब्धि हाँसिल गरेको छ । आज मंगलबार एक बिज्ञप्ति जारी उक्त सिमेन्ट कारखानाले यस समयाबधिभित्र क्लिंकर उत्पादन र सिमेण्ट बिक्रि परिमाण तथा रकममा लक्ष्यभन्दा पनि बढि उपलब्धि हाँसिल गरेको जनएको छ ।

कम्पनीले यस समयमा क्लिंकर उत्पादनमा करिब २१ , सिमेण्ट बिक्रि परिमाणमा १३ र सिमेण्ट बिक्रि रकममा ८ प्रतिशत लक्ष्यभन्दा बढि सफलता प्राप्त गरेको छ । ५० हजार २ सय टन मेट्रिक टन क्लिंकरको लक्ष्य राखेको यस उद्योगले १० हजार ४ सय ५५ मे. टन बढि अर्थात ५० हजार ६ सय ५५ मे टन क्लिंकर उत्पादन गरेको हो । यो लक्ष्यभन्दा २०.८३ प्रतिशतले बढि हो । त्यस्तै, करिब ८ लाख बोरा सिमेण्ट बिक्रि परिमाणको टार्गेटमा १२। ५४ प्रतिशत बढि उपलब्धि प्राप्त गरी कम्पनीले ९ लाख २ सय मे टन सिमेन्ट बिक्री गरेको छ । उक्त सिमेण्ट बिक्री गर्दा टार्गेटभन्दा करिब साँढे ८ प्रतिशत बढि रकम जम्मा भएको सिमेन्ट उद्योगले जनाएको छ ।
उत्पादन र बिक्रि कोइला तथा कच्चापदार्थ अभावको कारणले बन्दप्राय रहेको उद्योगमा तत्काल आवश्यक व्यवस्थापन गरि माघ महिना देखिनै सूचारु गरिएको थियो । यस उद्योगेले २०७७ माघदेखि २०७८ पौष मसान्त सम्म एक वर्षमा करिब १ लाख ४ हजार मे.टन क्लिंकर उत्पादन गरेको छ । त्यस्तै, यस समयमा करिब १९ लाख ६९ हजार ५ सय बोरा सिमेन्ट बिक्रि भएके छ । उक्त परिमाणको बिक्रीबाट यद्योगले १ अर्व २८ करोड ५७ लाख र ८७ हजार रुपैयाँ आम्दानी गरेको छ ।

आजभन्दा एक बर्ष अघि अर्थात २०७७ साल माघ १ गते यस उद्योगको महाप्रबन्धकको हैसियतले गोपीकृष्ण न्यौपानेले नेतृत्व सम्हालेपछि उद्योगको उत्पादन, बिक्रि, वित्तीय व्यवस्थापन लगायत सूसासनको क्षेत्रमा गरेका मूख्य कामहरुबारे समेत कम्पनीले चर्चा गरेको छ । गत वर्ष सिमेण्ट मिलबाट प्रति घण्टा २० मे. टनका दरले उत्पादन भईरहेकोमा मर्मत संभार पश्चात यस आर्थिक वर्षमा प्रति घण्टा ४३ मे. टनका दरले उत्पादन भएको र यसबाट उत्पादन वढनुका साथै विद्युत खपतमा समेत मितव्ययिता आएके उद्योगको दाबी छ ।
उद्योगका अनुसार कच्चापदार्थको आपूर्ति गर्दा सप्लायर्सलाई बैकबाट चेक मार्फत भुक्तानी गर्नुपर्नेमा भुक्तानी बापत सिमेण्ट दिने र हिसाब मिलान गर्ने व्यवस्थाको अन्त्य भएको छ ।
“आर्थिक वर्ष २०६३र६४ देखि २०७६र७७ सम्म १४ वर्षको वार्षिक साधारण सभा सम्पन्न गरि २०४४र४५ देखिको सम्पूर्ण विवरण कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालयमा अभिलेख गराइ शेयरधनी लगत, प्रवन्ध पत्र नियमावलीमा संशोधन, पुंजी बृद्धी गरी अधिकृत पूँजी १० अर्व कायम गर्ने कार्यहरु सम्पन्न भएका छन, कम्पनीको अस्तित्वनै समाप्त भएको अवस्थामा यी कार्यहरु अद्यावधिक हुनुले कम्पनी कायम भइ नियमितता हुन गएको कुरा सबैभन्दा महत्त्वपूर्ण उपलब्धिको रुपमा रहेको छ” , बिज्ञप्तिमा उल्लेख छ ।
।



प्रतिकृया