• 3:38 pm

चिसो बढेपछि पर्साका विद्यालय बन्द

प्रकाशित मिति

२०७८ पुष २० गते, मंगलवार ०७:१३

२० पुस २०७८, काठमाडौँ : पछिल्लो केही दिनदेखि मौसम प्रतिकूल भइ चिसो बढेपछि पर्साका विद्यालयहरु बन्द गरिएका छन्। चिसो बढेसँगै जिल्लामा रहेका स्थानीय तहहरुले आफ्नो पालिकामा रहेका विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। अत्याधिक चिसो भइ पठनपाठनमा समस्या भएपछि जिल्लाका पालिकाहरुले सूचना जारी गर्दै पालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा दिएका छन्।


जिल्लाको पोखरिया नगरपालिका, जिरा भवानी गाउँपालिका, ठोरी र कालिकामाई गाउँपालिकाले आफ्ना पालिकामा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पुस २० गते मंगलबारदेखि २३ गते शुक्रबारसम्मको लागि बिदा दिएका छन्।


पोखरिया नगरपालिकाले बाल विकासदेखि कक्षा ८ सम्मको पठनपाठन मात्रै बन्द गरेको छ भने अन्य पालिकाहरुले सम्पूर्ण विद्यालयका सबै पठनपाठन बन्द गरेर बिदा दिएका छन्।

प्रतिकृया