• २५ भदौ २०८३, बिहीबार
  • ११ः१० राती

३३ किलो सुन प्रकरणमा प्रहरीले गोरेका भाइलाई विमानस्थलबाट समात्यो

प्रकाशित मिति

२०७८ पुष २० गते, मंगलवार ०७:००

२० पुस २०७८, काठमाडौँ : ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती उर्फ गोरेका भाइ रमेश उप्रेती मंगलबार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार मोरङ उर्लाबारीका रमेशलाई प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

National Life

प्रहरीले रमेश नेपाल फर्कँदै गरेको सूचना पाएको र सोही आधारमा विमानस्थल प्रहरीले उनलाई नियन्त्रणमा लिएको स्रोतले जानकारी दिएको छ। ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या काण्डका प्रमुख अभियुक्त ‘गोरे’लाई मोरङ जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएपछि अहिले उनी कारागारमा छन्।

प्रतिकृया