पेरिस ओलम्पिकको उद्घाटन परम्परा तोड्दै : नदीको किनारमा हुने
प्रकाशित मिति
२०७८ मंसिर २९ गते, बुधबार ०९:०७
२९ मंसिर , २०७८ काठमाडौं : पेरिस ओलम्पिकको उद्घाटन समारोह जुलाई २६, २०२४ मा सिन नदीमा गर्ने आयोजकले सोमबार घोषणा गरेको छ । यसले खेलाडी र अफिसियलहरूबाट रंगशालामा प्रदर्शन गरेर लामो समयदेखि हुँदै आएको ग्रीष्मकालीन खेलकुदको उद्घाटन परम्परा तोड्ने भएको छ ।
पेरिस ओलम्पिक २०२४ को उद्घाटन समारोह हुने सिन नदी किनारालाई यस्तो पारिनेछ । पेरिस ओलम्पिक आयोजक कमिटीले सोमबार उद्घाटन समारोह कस्तो हुन्छ भन्ने ढाँचा सार्वजनिक गरेको छ । दुई सय बढी देशका खेलाडी र अफिसियललाई १६० भन्दा बढी डुंगामा झन्डै पोन्ट डे’अस्टरलिजदेखि पेरिसको केन्द्रमा रहेको पोन्ट डे’आइना पुलसम्म ६ किलोमिटर यात्रा गराइने छ । आइफेल टावरको दृश्यावलोकन गर्ने स्थल ट्रोकाडेरोमा समापन समारोह आयोजना गर्ने तालिका सार्वजनिक गरिएको छ ।
दर्शक सिन नदीको किनारमा हुनेछन्, जहाँ स्ट्यान्डमा टिकट खरिद गरेका दर्शक हुनेछन् । अरू स्थानमा निःशुल्क सहभागी हुन पाइनेछ । ठूलो इभेन्टलाई कसरी सुरक्षित गर्ने भन्नेमा आवाज उठिरहे पनि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले उक्त योजनामा छाप लगाइदिएका छन् । ओलम्पिकमा पेरिसका आइकोनिक स्थानहरू पनि समेटिने छन् ।
सुरक्षा अधिकारीले मानिसको संख्यालाई २५ हजारमा सीमित गर्न आयोजकलाई भनेका थिए भने पेरिस सिटी हलले २० लाखमा सहमत जनाएको बताइएको छ । प्रधानमन्त्री जिन कास्टेक्सले मन्त्रालयहरूको आन्तरिक बैठकमा आन्तरिक मामलासम्बन्धी मन्त्री जेराल्ड डार्मानिनलाई उद्घाटन समारोहमा ओलम्पिक स्थलहरूको सुरक्षाका लागि सुझाव दिन भनेका थिए ।
भलिबल आइफेल टावरको छायाँमा हुनेछ । आर्चरी लेस इन्भेलिडेस, ‘सहरी खेल’ दाबी गरिएको बीएमएक्स फ्रिस्टाइल, स्केटबोर्डिङ, ब्रेकिङ, थ्री बाई थ्री बास्केटबल ला प्लेस डे ला कोन्कोर्ड पेरिसमा हुनेछ । पूर्वतिरको अन्त्यतिर रहेको च्याम्पस–इलिसिसलाई संसारकै उत्कृष्ट स्थल मानिन्छ ।
पेरिस — पेरिस ओलम्पिकको उद्घाटन समारोह जुलाई २६, २०२४ मा सिन नदीमा गर्ने आयोजकले सोमबार घोषणा गरेको छ । यसले खेलाडी र अफिसियलहरूबाट रंगशालामा प्रदर्शन गरेर लामो समयदेखि हुँदै आएको ग्रीष्मकालीन खेलकुदको उद्घाटन परम्परा तोड्ने भएको छ ।पेरिस ओलम्पिक २०२४ को उद्घाटन समारोह हुने सिन नदी किनारालाई यस्तो पारिनेछ । पेरिस ओलम्पिक आयोजक कमिटीले सोमबार उद्घाटन समारोह कस्तो हुन्छ भन्ने ढाँचा सार्वजनिक गरेको छ ।
सुरक्षा अधिकारीले मानिसको संख्यालाई २५ हजारमा सीमित गर्न आयोजकलाई भनेका थिए भने पेरिस सिटी हलले २० लाखमा सहमत जनाएको बताइएको छ । प्रधानमन्त्री जिन कास्टेक्सले मन्त्रालयहरूको आन्तरिक बैठकमा आन्तरिक मामलासम्बन्धी मन्त्री जेराल्ड डार्मानिनलाई उद्घाटन समारोहमा ओलम्पिक स्थलहरूको सुरक्षाका लागि सुझाव दिन भनेका थिए । उनले जुन २०२२ सबै क्षेत्र र इभेन्ट्सका लागि यो वर्षको अन्त्यसम्म प्रस्ताव मागेका थिए ।
बिच भलिबल आइफेल टावरको छायाँमा हुनेछ । आर्चरी लेस इन्भेलिडेस, ‘सहरी खेल’ दाबी गरिएको बीएमएक्स फ्रिस्टाइल, स्केटबोर्डिङ, ब्रेकिङ, थ्री बाई थ्री बास्केटबल ला प्लेस डे ला कोन्कोर्ड पेरिसमा हुनेछ । पूर्वतिरको अन्त्यतिर रहेको च्याम्पस–इलिसिसलाई संसारकै उत्कृष्ट स्थल मानिन्छ ।








प्रतिकृया