माओवादी सुदूरपश्चिम प्रदेश अधिवेशन सम्पन्न : नेतृत्व चयन गर्न बिफल
प्रकाशित मिति
२०७८ मंसिर २९ गते, बुधबार ०९:२०
२९ मंसिर , धनगढी : प्रदेश अध्यक्ष पदका लागि आकांक्षीहरूबीच सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश अधिवेशन सदस्यहरूसहितको कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
अध्यक्षसहित पदाधिकारीको चयन भने अब केन्द्र तहबाटै हुने कार्यकर्ताहरूले बताए । आइतबारदेखि धनगढीमा सुरु भएको अधिवेशन मंगलबार राति सम्पन्न भएको हो ।
प्रदेश अध्यक्षका लागि हालका अध्यक्ष शरदसिंह भण्डारी, सचिव नेपबहादुर चौधरी र राष्ट्रियसभा सदस्य हरिप्रसाद चौधरी उत्सव मुख्य आकांक्षी रहेको प्रदेश सदस्य दीपक बुढाले बताए ।
‘२०१ जना सदस्य चयन भएर शपथ पनि भएको छ’ बुढाले भने ‘अध्यक्षसहित पदाधिकारीहरूको चयन अब केन्द्रीय निर्णयपछि हुने छ । घोषित प्रदेश सदस्यबाटै अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहितका ९ जना पदाधिकारी चयन हुने व्यवस्था छ । २२३ सदस्यी प्रदेश समितिमा १० प्रतिशत भने मनोनयन हुने व्यवस्था रहेको बुढाले बताए ।








प्रतिकृया