ओमिक्रोनको संक्रमण नेपालमा फैलिदै
प्रकाशित मिति
२०७८ मंसिर २१ गते, मंगलवार ०६:२६
मंसिर २१, २०७८, काठमाडौं : विदेशबाट नेपाली भूमिमा भित्रिएका दुई विदेशी नागरिकमा ओमिक्रोन भाइरस फेला परेपछि अब नेपाल पनि यो संक्रामक भाइरसको पञ्जाबाट मुक्त रहन सकेन । रोकथाम र सतर्कताका हरेक उपाय अपनाउन सरकार र सम्बन्धित निकायहरूले बेलैमा निर्देशन, सुझाव तथा चेतावनी दिए पनि कोभिड–१९ को नयाँ उत्परिवर्तन ओमिक्रोन नेपालमा प्रवेश गरिसकेको छ ।
नेपालमा आएका एक विदेशी नागरिक र उनको सम्पर्कमा रहेका अर्का विदेशी नागरिकमा यो भेरियन्ट देखा परेपछि उनीहरूलाई आइसोलेसनमा राखिएको छ । यो भेरियन्ट निकै आक्रामक र संक्रामक रहेकाले ती व्यक्तिहरू नेपाल आउनेबित्तिकै उनका नजिक रहेका मानिसहरूमा कतै यो भेरियन्ट सरिसकेको त छैन भन्ने आशंकाले बाटो छोडेको छैन । यी दुई व्यक्तिमा ओमिक्रोन भाइरस रहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेपछि यसमा अध्ययन र अनुसन्धान अझ गहिरिएर गरिनुपर्ने भएको छ ।
यसको कारण हो, ती व्यक्तिहरूमध्ये ७१ वर्षीय एक जना नेपालमै रहेका र अर्का ६६ वर्षीय व्यक्ति मंसिर ३ गते नै त्रिभुवन विमानस्थलबाट नेपाल प्रवेश गरेका थिए । हाल यी दुवैमा अति संक्रामक ओमिक्रोन भाइरस देखिए पनि नेपालको जनस्वास्थ्यमा यसले असर पुग्ने देखिएको छ ।








प्रतिकृया