• १९ असोज २०८३, सोमबार
  • ७ः४८ बेलुका

नेपाल–भारत अन्तर्राष्ट्रिय सांगीतिक तथा पुरस्कार समारोह सम्पन्न

प्रकाशित मिति

२०७८ मंसिर ७ गते, मंगलवार ०५:१२

७ मंसिर २०७८, काठमाडौं : डीएभी सुशिल केडिया विश्व भारती विद्यालयमा नेपाल–भारत अन्तराष्ट्रिय सांगीतिक तथा पुरस्कार समारोह सम्पन्न भएको छ । संस्कृति भारत मुख्य आयोजक रहेको उक्त कार्यक्रम आयोजना गर्न डीएभी शुसिल केडिया विश्व भारती विद्यालय र स्वामी विवेकानन्द संस्कृति केन्द्र, भारतीय राजदुताबासले सघाएका हुन् ।

National Life

नेपाल र भारतबीच परापूर्वदेखि कायम पारस्परिक सम्बन्धलाई उजागर गर्नु र थप प्रगाढ गर्नु समारोहको मुख्य उद्धेश्य रहेको संस्कृति भारतले जानकारी दिएको छ । कार्यक्रममा विभिन्न सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा योगदान पुराएका व्यक्तिको सम्मान र नृत्य, गीत तथा गजल प्रस्तुत गरिएको थियो ।


समारोहमा डी।पी।एस धरानका पीके शङ्कर लिङगम र नेपाल–भारत मैत्री विद्यालय पोखराका मृत्युञ्जय सिंह बेस्ट प्रिन्सिपल अवार्डबाट सम्मानित भएका छन् । त्यसैगरी डीएभी विद्यालयका रामचन्द्र खनाललाई बेस्ट भाइस प्रिन्सिपल अवार्डबाट सम्मान गरिएको छ । विभिन्न विधामा उत्कृष्ट योगदान पुराएका शिक्षकहरूसमेत सम्मानित भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

‘भारत गौरव’ सम्मान अवार्डबाट शास्त्रीय संगीत गायिका डा। रञ्जना झा, कथक नृत्यङ्गना यामिनी र भारतीय लोक नृत्यङ्गना रजनी दुवे विभूषित भएका छन् । डीएभी विद्यालयका अध्यक्ष अनिल केडिया यस वर्षको नेपाल–भारतमैत्री समाज अवार्डबाट सम्मानित भएका छन् ।


कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न प्रथम महिला सुनिता केडिया, डी।ए।भी। प्रिन्सिपल डा। भुवनेश्वरी राव लगायत विद्यालयका शिक्षक र कर्मचारीहरूको अथक प्रयास रहेका थियो ।

प्रतिकृया