• १९ असोज २०८३, सोमबार
  • ८ः२६ राती

मैयाले जितिन् कांग्रेसको प्रदेश सभा क्षेत्रीय सभापति

प्रकाशित मिति

२०७८ मंसिर ७ गते, मंगलवार ०५:२६

तस्बिर स्रोत : लावतीको फेसबुकबाट

National Life

७ मंसिर २०७८, काठमाडौं : नेपाली कांग्रेस पाँचथरकी नेता मैया श्रेष्ठ लावती प्रदेश सभा क्षेत्रीय सभापति बनेकी छन्। प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को सभापतिमा उनले फराकिलो मतान्तरसहित प्रतिस्पर्धीलाई हराउँदै सभापति जितेकी हुन्। उनले २७४ मत ल्याएकी थिइन्।


प्रतिस्पर्धी नगेन्द्रकुमार लामालाई उनले ६४ मतले पछि पारेकी थिइन्। लामाले जम्मा २०९ मत मात्रै ल्याएका थिए। मिक्लाजुङ गाउँपालिकाकी उनी सामाजिक काम गर्दै कांग्रेस राजनीतिमा सक्रिय भएकी थिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

पाँचथर प्रदेश सभा क्षेत्र (क) को सभापति भने भगिश्वर योङहाङ निर्वाचित भएको पाँचथर कांग्रेसले जनाएको छ।

प्रतिकृया