• १९ असोज २०८३, सोमबार
  • ८ः५७ राती

शिक्षक, कर्मचारी, प्राध्यापक दलको सदस्य बने के हुन्छ ? (निर्वाचन आयोगको विज्ञप्तिसहित)

प्रकाशित मिति

२०७८ मंसिर ७ गते, मंगलवार ०५:४७

७ मंसिर २०७८, काठमाडौं : निर्वाचन आयोगले शिक्षक र कर्मचारीलगायत सार्वजनिक पद धारण गरेको व्यक्तिलाई सदस्यता दिएको पाइएमा राजनीतिक दल अद्यावधिक नहुने जनाएको छ । आयोगले आज विज्ञप्तिमार्फत् राजनीतिक दलमा कर्मचारी, शिक्षक, प्राध्यापकलगायत स्थायी रुपमा सरकारी तलब खानेहरु राजनीतिक दलको सदस्य भएको पाइएको भन्दै गम्भीरता देखाएको हो ।

National Life

निर्वाचन आयोगले राजनीतिक पदमा बाहेक सार्वजनिक पदमा बहालहरु दलको सदस्य वा पदाधिकारीको सूचीमा रहेको भए हटाउन पत्राचार गर्न जिल्ला निर्वाचन कार्यालयहरुलाई निर्देशन समेत दिएको उल्लेख छ । विभिन्न राजनीतिक दलमा सार्वजनिक पदमा बहाल स्थायी कर्मचारी, शिक्षकलगायत विभिन्न पदमा रहेको खबरहरु आउन थालेपछि आयोगले गम्भीरता देखाएको हो ।


राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा २ अनुसार नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति राजनीतिक दलको सदस्य हुन नसकने व्यवस्था रहेको भन्दै निर्वाचन आयोगले ध्यानाकर्षण गराएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया