• ३ असोज २०८३, शनिबार
  • १०ः१६ बिहान

विश्वकप छनौट : उरुग्वेमाथि अर्जेन्टिनाको जित

प्रकाशित मिति

२०७८ कार्तिक २७ गते, शनिबार ०९:४१

२७ कार्तिक, २०७८ काठमाडौँ :  विश्वकप फुटबलको छनौट अन्तर्गत नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । अवे मैदानमा भएको खेलमा अर्जेन्टिनाले उरुग्वेमाथि १–० को जित दर्ता गरेको हो ।

National Life

अर्जेन्टिनालाई जिताउन सातौँ मिनेटमा एन्जल डी मारियाले गोल गरेका हुन् । अहिलेसम्म भएका १२ मध्ये ८ खेलमा जित निकालेको अर्जेन्टिना २८ अंकसहित दोस्रो स्थानमा छ ।


यसैबिच दक्षिण अमेरिकी क्षेत्रको छनौट चरण अन्तर्गत नेपाली समय अनुसार शुक्रबार बिहान भएको खेलमा कोलम्बियालाई १–० ले पराजित गरी ब्राजिलले कतार विश्वकप २०२२ मा स्थान बनाइसकेको छ । आउँदो विश्वकपका लागि छनौट हुने ब्राजिल पहिलो दक्षिण अमेरिकी देश बनेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

अहिलेसम्म भएका १२ मध्ये ११ खेलमा जित निकालेको ब्राजिल ३४ अंकसहित शीर्ष स्थानमा छ । पराजित भएको कोलम्बिया १३ खेलबाट १६ अंकसहित पाँचौँ स्थानमा छ । ब्राजिलले अझै पनि छनौट चरणका ६ खेल खेल्न बाँकी छ । ब्राजिलले आउँदो मंगलबार अर्जेन्टिनासँग खेल्ने छ ।

प्रतिकृया