• १०:४८ २०८० चैत्र १६ गते
  • 10:48 am

प्रधानसेनापति प्रभुराम शर्माको भारतमा यसरी गरियो स्वागत (फोटोफिचर)

प्रकाशित मिति

२०७८ कार्तिक २३ गते, मंगलवार ०५:२१

prabhuram sharma and ms narvane6

२३ कार्तिक, २०७८ काठमाडौँ : प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाप्रमुख एम एम नरवाणेबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित भारतको सैनिक मुख्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटका क्रममा दुई देशबीचको सैन्य सम्बन्ध सुदृढ बनाउनेबारे कुराकानी भएको बुझिएको छ । भारतीय सेनाका अनुसार प्रतिरक्षा सहयोग सुदृढ बनाउनेबारे दुवै देशका सेनापतिले छलफल गरेका छन् ।


prabhuram sharma and ms narvane4

सेनापति शर्माले नरवाणेलाई मायाको चीनो प्रदान गरेका थिए । नरवाणेले पनि शर्मालाई चीनो प्रदान गरे । भारतले प्रधानसेनापति शर्माको भ्रमणलाई महत्व दिएको छ । उनी प्रधानसेनापति नियुक्त भएको केही महिनामै भारतले निम्तो गरेको हो ।


prabhuram sharma and ms narvane3

उनलाई साउथ ब्लकमा गार्ड अफ अनर दिइएको छ । भारतीय सेनाका सेनापति नरवाणेले शर्मालाई साउथ ब्लकमा स्वागत गरेका थिए ।


prabhuram sharma and ms narvane1

prabhuram sharma and ms narvane2

प्रतिकृया