• १९ असोज २०८३, सोमबार
  • १०ः३९ बिहान

घरेलु मैदानमा खेलेर अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने क्रिस गेलको चाहना

प्रकाशित मिति

२०७८ कार्तिक २१ गते, आईतवार ०१:१९

विश्वकपअन्तर्गत शनिबार अस्ट्रेलियासँगको खेलपछि ड्वेन ब्राभो र क्रिस गेल
२१ कार्तिक, २०७८ काठमाडौँ : 
आईसिसी टीट्वेन्टी क्रिकेटअन्तर्गत शनिबार भएको वेस्ट इन्डिज र अस्ट्रेलियाबीचको खेल क्रिस गेलको करियरको अन्तिम अन्तर्राष्ट्रिय खेल भनेर चर्चामा आए पनि यसबारे यी ‘युनिभर्स बोस’ ले केही स्पष्ट पारेका छैनन्। यद्यपि उनले घरेलु मैदान जमैकामा घरेलु समर्थकमाझ खेलेर बिदाई हुन चाहेको बताएका छन्।

National Life

अस्ट्रेलियासँगको खेलपछि गेलले आईसिसीसँग भिडियो कुराकानी गर्दै आफूले जमैकामा बिदाई खेल खेल्ने अपेक्षा राखेको बताएका छन्। ड्वेन बाभ्रोले पनि संन्यास घोषणा गरेकाले शनिबार अस्ट्रेलियाका खेलाडीले यी दुवै क्रिकेटरका लागि गार्ड अफ अनर दिएका थिए।


‘यो (मेरो) निकै फेनोमेनल करियर रहेको छ’, कुराकानीका क्रममा गेलले भनेका छन्, ‘मैले संन्यासको घोषणा गरेको छैन तर यदि जमैकामा घरेलु दर्शकसामु खेल्ने अवसर दिइए घोषणा गर्छु र भन्ने छु हे साथीहरु, सबैलाई धन्यवाद।’

Classic Tech Mobile
Classic Tech Desktop

गेलले आफूले अन्तिम विश्वकप भने खेलेको बताएका छन्। सन् २००५ मा मुटुको शल्यक्रिया गरेका गेल ४२ वर्ष पुगिसकेका छन्। उनी सन् १९९९ यता वेस्ट इन्डिजको टोलीमा छन्। उनले टेस्ट क्रिकेटमा एक सय ३ खेल खेल्दै १५ सतक र ३७ अर्धसतक बनाएका छन् भने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३ सय १ खेल खेल्दै २५ सतक र ५४ अर्धसतक बनाएका छन्। यसैगरी टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ७९ खेल खेल्दै दुई सतक र १४ अर्धसतक बनाएका छन्।


गेलको नाममा थुप्रै कीर्तिमान छन्। उनी टेस्ट क्रिकेटमा तेहेरो सतक, एकदिवसीय अन्तर्राष्ट्रियमा दोहोरो सतक र टीट्वेन्टी अन्तर्राष्ट्रियमा सतक प्रहार गर्ने एकमात्र खेलाडी हुन्।


उनी टीट्वेन्टी क्रिकेटमा १४ हजारभन्दा बढी रन बनाउने र एक हजारभन्दा बढी छक्का प्रहार गर्ने पनि एकमात्र खेलाडी हुन्। टीट्वेन्टी क्रिकेटको एकैपालिमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि गेलकै नाममा छ। उनले इन्डियन प्रिमियर लिग(आईपीएल क्रिकेटको एक खेलमा एक सय ७५ रन जोडेर विश्व कीर्तिमान बनाएका थिए।


गेलले वेस्ट इन्डिजका लागि सन् २००४ मा आईसिसी च्याम्पियन्स ट्रफी तथा सन् २०१२ र २०१६ मा टीट्वेन्टी विश्वकप जितेका थिए। यसपटक ९१ वर्षीय बुबा बिरामी भएर अस्पताल भर्ना हुँदा पनि आफू विश्वकप खेल्न आएको उनले बताएका छन्।


तर अन्तिम विश्वकप भने गेलका लागि सम्झनलायक रहेन। सुपर-१२ मा वेस्ट इन्डिजले पाँचमध्ये एउटामात्र खेल जित्न सक्यो। अघिल्ला दुवै संस्करणको विजेता वेस्ट इन्डिज एकभन्दा बढीपटक टीट्वेन्टी विश्वकप जित्ने एकमात्र टोली रहेको छ। गेलले अन्तिमपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल सन् २०१९ र टेस्ट क्रिकेट सन् २०१४ मा खेलेका थिए।

प्रतिकृया