• २० असोज २०८३, मंगलबार
  • ४ः१६ बेलुका

नेयमारले दुई गोल गर्दा एमबाप्पेले एक गोल पीएसजी विजयी

प्रकाशित मिति

२०७८ कार्तिक २१ गते, आईतवार १०:५७

२१ कार्तिक, २०७८ काठमाडौँ : नेयमार र किलिएन एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरेपछि पेरिस सेन्ट जर्मने (पीएसजी)ले बोर्डोलाई ३-२ ले पराजित गरेको छ । नेयमारले दुई गोल गर्दा एमबाप्पेले एक गोल गर्नुका साथै दुई असिस्ट गरे । अवे मैदानमा पीएसजीले तीन गोलको अग्रता लिएको थियो । बोर्डोले अन्तिम १२ मिनेटमा दुई गोल फर्काएको थियो ।

National Life

खेलको २६औं र ४३औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई पहिले अग्रता दिलाएका थिए । दुवै गोलका लागि एमबाप्पेले सहयोग गरेका थिए । ६३औं मिनेटमा एमबाप्पेले जर्जिनिओ वाइनाल्डमले गोल गर्दै पीएसजीको अग्रतालाई ३-० बनाए । बोर्डोका लागि ७८ औं मिनेटमा अल्बर्थ इलिस र इन्जुरी टाइममा मबेय नियाङले गोल गरे पनि हार टार्न पर्याप्त भएन ।


जितपछि १३ खेलबाट ३४ अंक जोडेको पीएसजीले दोस्रो स्थानको लेन्समाथि १० अंकको अग्रता बनाएको छ । बोर्डो १३ खेलबाट १२ अंकसहित १६औं स्थानमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया