• २० असोज २०८३, मंगलबार
  • ४ः५३ बेलुका

भक्तपुरमा जुवा खालबाट पत्रकारसहित १५ जना पक्राउ

प्रकाशित मिति

२०७८ कार्तिक २१ गते, आईतवार १०:५१

२१ कार्तिक, २०७८ भक्तपुर : भक्तपुरमा १५ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको चाँगुनारायण नगरपालिका-८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीको घरमा जुवा खेलिरहेका १५ जनालाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो । जुवा खेलिरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई १२ लाख ४३ हजार ७८० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

National Life

पक्राउ पर्ने जुवातास खेलाउने घरधनी ५२ वर्षीय मणिराम पुरी , जुवा खोल्ने २५ वर्षीय सुशील खत्री, २८ वर्षीय चन्द्रशेखर खत्री, ३३ वर्षीय नवराज खत्री, ५१ राजन कार्की, ४२ वर्षीय चिरञ्जीवी फुँयाल, ३० वर्षीय जनक खत्री, ४३ जीवन श्रेष्ठ, ३७ वर्षीय परमेश्र थापा, ३८ वर्षीय प्रेमकुमार विक, ४५ वर्षीय सरोज भण्डारी, ३९ विनोद तिमिल्सिना, ३५ वर्षीय विकास लामा, ३८ वर्षीय रुपेश न्याजु र काठमाडौं गोकर्णेश्वर नगरपालिका(२ नयाँपाटीका ५० वर्षीय रामु भण्डारी छन् । ।


प्रहरीका अनुसार पक्राउ पर्नेमा केही राजनीतिक दलसम्वद्ध युवाहरु र केही पत्रकारसमेत रहेका छन् । यसअघि पनि चाँगुनारयणबाट केही युवानेतासहित प्रहरीले पक्राउ गरी नौ हजार धरौटीमा रिहा गरेको थियो । प्रहरीले नेताको नाम भने सार्वजनिक गरेको थिएन । मणिराम पुरीले यसअघि पनि पटक(पटक जुवातास खेलाउँदै आएको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया