• ६ साउन २०८३, बुधबार
  • २:२६ बिहान

तिहारमा घर जाने यात्रुलाई काठमाडौँका चार स्थानमा कोरोना खोप लगाउन सुरु

प्रकाशित मिति

२०७८ कार्तिक १६ गते, मंगलवार १०:४३

१६ कार्तिक, २०७८ काठमाडौँ : तिहार मनाउन काठमाडौंबाट घर जाने यात्रुहरुलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप कार्यक्रम सन्चालन गरेको छ । आजदेखि कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलंकी चोकमा यात्रुहरुलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिन सुरु गरिएको हो ।


खोपको यो कार्यक्रम आज र भोलि दुई दिन चल्ने स्वास्थ्य मन्त्रालयको खोप शाखाले जनाएको छ । खोप कार्यक्रम बिहान साढे ७ बजेदेखि चार बजेसम्म सन्चालन हुनेछ । खोप लगाउनका लागि यात्रुहरुले उमेर खुल्ने परिचय पत्र देखाउनुपर्ने छ ।

Kamana Sewa

प्रतिकृया