• १९ असोज २०८३, सोमबार
  • ४ः२९ बेलुका

आज नेपाल र इन्डोनेसियाबीच मैत्रीपूर्ण खेल

प्रकाशित मिति

२०७८ कार्तिक ५ गते, शुक्रबार ११:३२

५ कार्तिक, २०७८ काठमाडौँ : ताजाकिस्तान भ्रमणमा रहेको नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ। ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा आयोजना हुने खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ। एएफसी यू–२३ एसियन कप छनोटको तयारीस्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। छोटो समयमा निर्माण भएको टोलीमा ६ राष्ट्रिय खेलाडी भए पनि उनीहरुले बाँकी यु–२३ टोलीसँग अभ्यास गर्न पाएका थिएनन्।

National Life

एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन्। नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्दै छ। यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गर्दा समूहको अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्ने छ।


छनोटका ११ समूहको शीर्ष टोलीसहित उत्कृष्ट चार टोलीले एएफसी यू–२३ एसियन कप खेल्ने मौका पाउने छन्। उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म आयोजना हुँदैछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया