• ०५:०७ २०८१ बैशाख ७ गते
  • 5:07 am

साफ उपविजेता खेलाडीहरुलाई ५-५ लाख दिने सरकारको निर्णय

प्रकाशित मिति

२०७८ कार्तिक १ गते, सोमबार ०५:२३

saff nepali team 3 scaled 1

१, कार्तिक २०७८ काठमाडौँ :  सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई ५-५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५-५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनलमा भारतसँग ३-० ले पराजित भएको नेपाल उपविजेतामा सिमित रहृयो । नेपाली टोली सोमबार मात्र नेपाल फर्किएको थियो ।

प्रतिकृया