रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको गोल वर्षा
प्रकाशित मिति
२०७८ आश्विन २७ गते, बुधबार ११:१७
२७ असोज, २०७८ काठमाडौँ : क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतले पोर्चुगलले लक्जम्बर्गमाथि शानदार जीत हासिल गरेको छ । विश्वकप छनोट अन्तरगत मंगलबार राति भएको खेलमा पोर्चुगल ५–० गोलले विजयी भएको हो । खेलका आठौँ र १३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रोनाल्डोले टोलीलाई अग्रता दिलाएका थिए ।
१७ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले अर्को गोल थपे । दोस्रो हाफमा जोआओ पाल्हिन्हाले चौथो गोल गरे भने खेलको अन्त्यतिर रोनाल्डोले अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे ।
योसँगै रोनाल्डो आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ११५ पुर्याएका छन् । ३६ वर्षीय खेलाडीले गत महिनामात्र अली देइको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान भंग गरेका थिए । समूहकै अन्य खेलमा शीर्ष स्थानमा रहेको सर्बियाले अजरबैजानलाई ३–१ ले हरायो ।-एजेन्सी
प्रतिकृया