• २० असोज २०८३, मंगलबार
  • १ः२२ दिउँसो

नबिल बैंकले ल्यायो ‘नबिल दसैँ धमाका अफर’

प्रकाशित मिति

२०७८ आश्विन २० गते, बुधबार ०८:५०

२० असोज, २०७८ काठमाडौँ : नेपालीहरुको महान चाड बडादसैँको उपलक्ष्यमा नबिल बैंकले ‘नबिल दसैँ धमाका अफर’ ल्याएको छ। यस अफरअन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यासब्याक पाउन सक्नेछन्।

National Life

बैंकले यो अफरबमोजिम ग्राहकहरुले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम ३०० रुपैयाँसम्म क्यासब्याक पाउनसक्ने जानकारी दिएको छ। यो अफर घटस्थापनाको दिनदेखि लागू हुने बैंकले जनाएको छ। त्यस्तै किरानामा १५ प्रतिशत छुट वा अधिकतम एक हजार ५०० रुपैयाँसम्म क्यासब्याक पाउन सकिनेछ।


बैंकका अनुसार किराना पसलमा यो अफर अक्टोबर ४ देखि अक्टोबर ११ सम्म लागू हुनेछ। दराजमा भने हरेक शुक्रबार १० प्रतिशत छुट वा अधिकतम ५०० रुपैयाँसम्म पाउन सकिनेछ। बैंकले यस अफरमार्फत आफ्नो ग्राहकहरुमा दसैँको उपलक्ष्यमा नयाँ हर्ष ल्याउने विश्वास गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस अफरको लाभ लिनको लागि बैंकको डेबिट अथवा क्रेडिट कार्ड चाहिने हुनाले बैंकको नजिकको शाखामा गई खाता खोलेर ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्डमार्फत क्यासब्याकको अफर लिन सकिनेछ । सन् १९८४ देखि सेवा प्रदान गर्दै आएको बैंकका १३५ शाखा, १८५ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन्।

प्रतिकृया