• १९ असोज २०८३, सोमबार
  • २ः५८ दिउँसो

आईपीएल : दिल्लीले चेन्नईलाई ३ विकेटले हरायो

प्रकाशित मिति

२०७८ आश्विन १९ गते, मंगलवार ०८:१६

१९ असोज, २०७८ काठमाडौँ : ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गरेको छ । गए राति दुबईमा चेन्नईले दिएको १ सय ३७ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीको जितमा शिखर धवनले ३९ रन जोड्दा शिम्रन हिटमायरले अविजित २८ रन बनाएका थिए ।

National Life

यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । चेन्नईका अम्बाती रायडुले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । यो जितसँगै १३ खेलमा २० अंक जोडेर दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । चेन्नई १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिकृया