• १९ असोज २०८३, सोमबार
  • १ः४३ दिउँसो

मेस्सीले गरे पिएसजीका लागि म्यानचेस्टर माथि पहिलो गोल

प्रकाशित मिति

२०७८ आश्विन १३ गते, बुधबार ०६:२६

१३ असोज, २०७८ काठमाडौँ : लियोनल मेस्सीले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी० का लागि पहिलो गोल गरेका छन् ।बार्सिलोनाबाट पिएसजी आएका मेस्सीले च्याम्पियन्स लिग अन्तर्गत समूह ए मा रहेको पिएसजीका लागि मंगलबार राति भएको खेलमा जित दर्ता गरेका हुन् ।

National Life

घरेलु मैदानमा भएको खेलमा पिएसजीले इंग्लिस क्लब म्यानचेस्टर सिटीमाथि २–० को जित निकालेको हो । पिएसजीका लागि आठौँ मिनेटमा इद्रिसा गुआइ र ७४ औँ मिनेटमा मेस्सीले गोल गरेका हुन् । उनको गोलका लागि केलिएन एमबाप्पेले सहयोग गरे ।


समूह चरणको पहिलो खेलमा बराबरीमा रोकिएको पिएसजीले दोस्रो खेलमा जित निकाल्दै चार अंक बनाएको छ। सिरी तीन अंकसहित तेस्रो स्थानमा छ । आरबी लेइप्जिगलाई २–१ ले पराजित गरेको क्लब बर्ग चार अंकसहित दोस्रो स्थानमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया