• २० असोज २०८३, मंगलबार
  • ४ः४३ बेलुका

वर्षाका कारण काठमाडौँ र पोखराबीचको खेल स्थगित

प्रकाशित मिति

२०७८ आश्विन १२ गते, मंगलवार ०२:५५

१२ असोज, २०७८ काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (ईपीएलमा) मा आज हुने काठमाडौँ किङ्स-११ र पाखरा राइनोजबीचको खेल वर्षाका कारण स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारि प्रतियोगिता दुई दिनदेखि वर्षाका कारण अवरुद्ध भइरहेको छ ।

National Life

आजको खेल एक बल पनि नखेली स्थागित भएको हो । सोमबार पनि दुईखेल बर्षाकै कारण स्थगित गएको थियो । आइतबार भैरहवा ग्लाडियटर्स र पोखराबीचको खेल पहिलो इनिङको ११ ओभर जारी रहँदा पानी परेर रोकिएको थियो ।


उक्त खेलमा दुवै टोलीले अंक बाँडेका थिए । त्यसपछिका खेलहरू वर्षाका कारण हुन सकेको छैन । सोमबार स्थगित भएको दुई खेल शुक्रबार बिहान र शनिबार बिहान हुने आयोजकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया