• २० असोज २०८३, मंगलबार
  • ५ः३२ बेलुका

दशैँमा सार्वजनिक हुनेगरी ‘छोरी’ नामक सर्ट फिल्म निर्माण हुने

प्रकाशित मिति

२०७८ आश्विन १२ गते, मंगलवार ०२:५०

१२ असोज, २०७८ काठमाडौँ : दशैँमा सार्वजनिक हुनेगरी छोरी नामक सर्ट फिल्म निर्माण हुने भएको छ । उक्त फिल्म बुढो बाबु र विदेशमा रहेकी छोरीले छुट्टाछुटै चाडपर्व मनाउनुपर्दाको पीडा देखाउने भएको छ । परदेशमा सुखमय जीवन बिताइरहेकी छोरी चाडपर्व नजिकिँदै गर्दा आफ्ना आफन्त भेट्न आतुर हुन्छिन् ।

National Life

तर, छुट्टी नपाएपछि जन्मभूमि आउन नपाउँदा छोरीको पीडा र बुढेसकालमा छोरी बिना एक्लै चाडपर्व मनाउँनु पर्दा बाबुको पीडा देखाउने भएको छ । सुवासप्रसाद पाण्डे र नवराज भण्डारीको कार्यकारी निर्मातामा बन्ने यस फिल्म वसन्त पोखरेलको लेखन तथा निर्देशन रहेको छ ।


ज्ञानु राईकी छायांकनमा बन्ने यस फिल्ममा वसन्त पोखरेल, सरिता भुजेल, अजय पन्त र सुरेन्द्र थापालगायत कलाकारको मुख्य भुमिका रहने छ । निर्माण पक्षकाअनुसार फिल्म दशैँमा युटुबको माध्यमबाट सार्वजनिक गरिनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया