• १९ असोज २०८३, सोमबार
  • २ः५८ दिउँसो

आईपीएल टी-ट्वान्टी क्रिकेटमा राजस्थानलाई हराउदै हैदराबादको दोस्रो जित

प्रकाशित मिति

२०७८ आश्विन १२ गते, मंगलवार ०६:५२

१२ असोज, २०७८ काठमाडौँ : आईपीएल टी-ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले दोस्रो जित निकालेको छ । दुबईमा सोमबार राति भएको खेलमा हैदराबादले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै दोस्रो जित दर्ता गरेको हो। राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदराबादले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

National Life

हैदराबादको जितमा डेब्यु खेलाडी जासन रोयले ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान केन विलियम्सनले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । राजस्थानका मुस्ताफिजुर रहमान, चेतन शाकरिया र महिपाल लोम्रोरले एक एक विकेट लिए ।


यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। राजस्थानका लागि कप्तान सन्जु सामसनले ८२ रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमको हार टरेन । जितसँगै हैदराबादको १० खेलमा ४ अंक भएको छ । अझै पनि हैदराबाद पुछारमा नै छ । राजस्थान १० खेलमा ८ अंक जोडेर छैटौँ स्थानमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया