• २ असोज २०८३, शुक्रबार
  • ११ः०५ बिहान

स्थानिय बाल अधिकार समिती सुर्यबिनायक नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै बालबालिकालाई पुरस्कार बितरण गरी मनायो राष्ट्रिय बाल दिवस

प्रकाशित मिति

२०७८ भाद्र ३० गते, बुधबार ०३:५७

३० भाद्र, २०७८ काठमाडौँ : स्थानिय बाल अधिकार समिति सुर्यबिनायक नगरपालिकाको आयोजनामा ५७औं राष्ट्रिय बाल दिवस अन्तरबिद्यालय चित्रलेखन, निबन्ध लेखन कार्यक्रम गरी पुरस्कार बितरण गरिएको छ । सामान्य अवस्था वा महामारी ‘बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ देशभर भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइरहदा स्थानिय बाल अधिकार समिती सुर्यबिनायक नगरपालिकाले नगरप्रमुख बासुदेब थापाको प्रमुख आतिथ्यतामा चित्रलेखन तथा निबन्धलेखन कार्यक्रममा सहभागी र प्रथम दितिय, तथा तृतिय भएका बालबालिकाहरुलाइ पुरस्कार बितरण गरेका हुन् ।

National Life

सुर्यबिनायक नगरपालिकामा संचालित संस्थागत तथा निजी बिद्यालयहरु बिच ३ वटा चरणमा कक्षा १/५ चित्रकला प्रतियोगिता, कक्षा ६/८ एउटा समूह र कक्षा ९/१० मा अध्ययनरत बिच निबन्ध लेखन प्रतियोगिताको आयोजना गरि पुरस्कार बितरण गरिएको समितिका सदस्य श्रीकृष्ण थापाले जानकारी दिए । प्रतियोगितामा चित्रकला तर्फ नोबेल इ. स्कुलबाट सुदिष्टी कट्टेल, द्धितिय सुवर्णेश्वर आ. बि बाट समिरा तामङ्ग र तृतिय पुरस्कार मदनल्याण्ड स्कुलकी स्वस्तीका कार्कीले प्राप्त गरिन । त्यसैगरी कक्षा ६/८ तर्फको निबन्ध लेखनमा युनिक इ. स्कुलबाट अस्मिता सुनार, दधीकोट इ.स्कुलबाट स्मृति ढकाल र कुलमाया मा.बि बाट यशु तामाङ्ग क्रमश प्रथम, द्धितिय र तृतीयको पुरस्कार प्राप्त गर्न सफल भए ।



कक्षा ९/१० तर्फको निबन्ध लेखन तर्फ भने प्रथम स्थान अरनिको मा. बि कि छात्रा समिक्षा न्यौपानेले हासिल गर्नुभयो भने द्धितिय तर्फ जोरपाटी मा.बि. का छात्र सहदेब ढकालले प्राप्त गर्दा तृतीय स्थानमा प्रीसियस पब्लिकबाट अनुसा पौडेलले प्राप्त गरेका छन् । कार्यक्रममा सम्पुर्ण बिधामा गरि ३७ जना बालबालिकाको सहभागीता रहेको थियो । प्रतियोगितामा सहभागी सम्पुर्ण बालबालिकाहरुलाइ प्रमाणपत्र, खादा सहित सम्मान गर्दा, प्रथम द्धितित र तृतिय हुने बालबालिकाहरुलाइ प्रमाणपत्र, खादा, मेडल र पुरस्कार बितरण गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा प्रमुख अतिथी सुर्यबिनायक नगरपालिकाका प्रमुख बासुदेब थापाले राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै नगरपालिका बालबालिकाको बिषयबस्तुमा संवेदनशील रहेको र बालबालिकाहरुको क्षमता अभिवृद्धि, संरक्षण र अन्य सवालमा योजना निर्माण गरि कार्यन्वयन गरेको जनाए।


कार्यक्रममा स्थानिय बाल अधिकार समितिको संयोजक एवम कार्यपालिका सदस्य दिपक बिशुन्केको सभापतित्वमा संचालन भएको कार्यक्रममा नगरपालिका उपप्रमुख जुना बस्नेत, सामाजिक बिकास समितिका संयोजक किरण थापा, सुनपा ४ का वडा अध्यक्ष उत्म थापा, नगरकार्यपालिका सदस्यहरु अम्बिका न्य महिला बालबालिका शाखा प्रमुख रन्जना पोखरेल, शिक्षा शाखाबाट सरस्वती कोइराला, उल्झन अधिकारी सहित बिभिन्न बिधालयबाट प्रअ, शिक्षक प्रतिनिधि र बिधार्थिहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया