• ३ असोज २०८३, शनिबार
  • ७ः४० बेलुका

शेयर बजार घट्ने क्रम रोकिएन, कारोबारमा पनि गिरावट

प्रकाशित मिति

२०७८ भाद्र ३० गते, बुधबार ०४:०४

० भाद्र, २०७८ काठमाडौँ : मंगलबार दोहोरो अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूच बुधबार पनि दोहोरो अंकले नै घटेको छ । नेप्से परिसूचक ४० दशमव २६ अंकले घटेर २ हजार ८ सय ८९ दशमलव ०३ अंकमा झरेको छ ।

National Life

बुधबार १ दशमलव ३७ प्रतिशतले बजार घटेको हो । यस अघि मंगलबार १८ अंकले परिसूचक घटेको थियो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव १६ अंकले घटेको छ । कारोबार रकममा पनि उल्लास देखिएन ।


दिनभर भएका ७५ हजार ८ सय ९५ कारोबारबाट १ करोड ५ लाख ५७ हजार ८ सय ६६ कित्ता शेयर किनबेच भएका छन् । कारोबार संख्या मंगबलारको तुलनमा बुधबार घटेको हो । बुधबार कारोबार रकम ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ रुपैयाँमा रोकिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया