अभिनेता सिद्धार्थ शुक्लाको निधन
प्रकाशित मिति
२०७८ भाद्र १७ गते, बिहीबार १२:२४
१७ भाद्र, २०७८ काठमाडौँ : अभिनेता तथा बिग बोस–१३ को बिजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । शुक्लाको हृदयघातका कारण मुम्बईको कुपर अस्पतालमा निधन भएको हो । बिहीबार ४० वर्षीय शुक्लाले बुधबार राति सुत्नुअघि औषधि खाएर सुतेका तर बिहिबार बिहान उनको हृदयघातका कारण निधन भएको अस्पतालले जनाएको छ ।
टेलिभिजन उद्योगका चर्चित अभिनेता शुक्लाले बिग बोसको १३ औँ संस्करण जित्न सफल भएका थिए । उनले टेलिभिजन सिरियल ‘बालिका बधु’ बाट आफ्नो पहिचान बनाएका थिए । उनको जन्म सन् १९८० को डिसेम्बर १२ मा भएको थियो । उनले सन् २००४ मा टिभीमा पहिलोपटक अभिनय गरेका थिए ।

उनले सन् २००८ मा ‘वह बाबुलका आंगन छुटे ना’ नामको सिरियलमा काम गरेका थिए । उनी ‘बालिका बधु’ बाट भने चर्चामा रहे । उनले टेलिभिजनसँगै बलिउडमा पनि कदम राखेका थिए । उनले २०१४ मा रिलिज भएको फिल्म ‘हम्टी शर्माकी दुल्हनिया’ मा काम गरेका थिए ।





प्रतिकृया