• १ असोज २०८३, बिहीबार
  • ५ः२२ बेलुका

पिएसजीमा मेसीको डेब्यू, एमबाप्पेले गरे दुई गोल

प्रकाशित मिति

२०७८ भाद्र १४ गते, सोमबार ११:२७

१४ भाद्र, २०७८ काठमाडौँ : अर्जेन्टिनी सुपरस्टार लिओनल मेसीले फ्रेन्च क्लब पिएसजीमा डेब्यू गरेका छन्। उनले आइतबार राति भएको रेइम्सविरुद्धको खेलमा डेब्यू गरेका हुन्।

National Life

उनी नेइमारको स्थानमा खेलको ६६ मिनेटमा ३० नम्बरको जर्सी लगाएर मैदान छिरेका थिए। स्पेनिस क्लब बार्सिलोनामा दुई दशक बिताएपछि मेसी यो सिजन पिएसजीमा आबद्ध भएका थिए। जसका कारण मेसीले आफ्नो करिअरमा बार्सिलोनापछि दोस्रो क्लबबाट खेले मेसीले डेब्यू गरेको खेलमा पिएसजीले २-० को जित निकाल्यो।


पिएसजीका लागि दुवै गोल एमबाप्पेले गरे। उनले खेलको १६ र ६३ मिनेटमा गरी दुई गोल गरेका हुन्। फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पिएसजीको यो लगातार चौथो जित हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया