• १ असोज २०८३, बिहीबार
  • ३ः५५ दिउँसो

यी नेपाली फोटोग्राफरसँग विवाह गर्ने योजनामा छिन् अभिनेत्री श्रद्धा कपुर !

प्रकाशित मिति

२०७८ भाद्र १४ गते, सोमबार ११:२२

१४ भाद्र, २०७८ काठमाडौँ : अभिनेत्री श्रद्धा कपुर र फोटोग्राफर रोहन श्रेष्ठ एकअर्काको प्रेममा परेको चर्चा चलेको लामो समय भइसक्यो।प्रायस् कार्यक्रममा सँगै भेटिने यी दुईबी प्रेम सम्बन्ध रहेको धेरैको अनुमान छ। उनीहरुले अहिलेसम्म आफ्नो प्रेम सम्बन्धबारे खुलेर नबोले पनि यो गोप्य सम्बन्धलाई अर्को तहमा पुर्याउने तयारीमा देखिन्छन्।

National Life

इन्डिया डट कमसँगको अन्तर्वार्तामा श्रद्धाका नातेदार प्रियांक शर्मा र काकी पद्यमिनी कोल्हापुरेले उनको विवाहबारे संकेत दिएका छन्। श्रद्धा र रोहनको विवाहबारे प्रश्न गर्दा प्रियांकले भनेकी थिइन्, ‘म यसबारे केही बोल्दिन। अहिले नै के भन्ने मैलेरु यदि सबैको प्रश्न उनीहरुको विवाहबारे छ भने, पक्कै पनि त्यो राम्रो निर्णय हुन सक्छ।’


श्रद्धाकी काकी पद्यमिनीले उनीहरुको विवाह हुने निर्णय भएपछि सबैले थाहा पाउने बताएकी थिइन्। ‘श्रद्धाको विवाहरु’, उनले हाँस्दै भनिन्, ‘यदि उनले विवाह गर्ने योजना बनाइन् भने सबैलाई जानकारी हुनेछ।’ श्रद्धा र रोहनको सम्बन्धबारे अन्य कलाकारले पनि सानोतिनो संकेत दिइरहेका हुन्छन्।

Classic Tech Mobile
Classic Tech Desktop

श्रद्धा र रोहन आफैंले भने यसबारे सार्वजनिक रुपमा बोलेका छैनन्। श्रद्धा प्रेममा रहेकी फोटोग्राफर रोहन श्रेष्ठ नेपाली हुन्। उनको जन्म भारतमा भएको थियो। उनका बुबा राकेश श्रेष्ठ चर्चित फिल्म फोटोग्राफर थिए र उनले ६ सयभन्दा बढी फिल्मका लागि काम गरेका थिए।


रोहनकी आमा जिन रोड्रिगियुज एयरहोस्टेस थिइन्। सन् २००९ मा उनको मृत्यु भएको थियो। बुबा नेपाली भए पनि रोहन भारतमै हुर्के बढे। उनले पछि आफ्नै बुबाको पेसा पछ्याउदै फोटोग्राफी सिकेका हुन्। कामकै सिलसिलामा उनको भेट अभिनेत्री श्रद्धासँग भएको थियो। त्यसपछि उनीहरुबीचको सम्बन्ध प्रेममा बदलिएको हो।


एक अन्तर्वार्तामा रोहनलाई श्रद्धासँगको सम्बन्धबारे प्रश्न गर्दा उनले भनेका थिए, ‘हामी पछिल्लो नौ वर्षदेखि एकअर्का निकै नजिक छौं। हाम्रो भेट एउटा पार्टीमा भएको थियो र पहिलो भेटमा नै हाम्रो कुरा मिलेको थियो।’


उनले श्रद्धासँग प्रेमसम्बन्ध रहेको कुरा भने अस्वीकार गरेका थिए। अभिनेता वरुण धवनले आफ्नो विवाहको फोटो इन्स्टाग्राममा पोस्ट गर्दा त्यसमा रोहनले वरुण र उनकी श्रीमती नताशालाई बधाइ दिएका थिए। रोहनको कमेन्टमा जवाफ फर्काउँदै वरुणले लेखेका थिए, ‘आशा गर्छु, अब तिमी पनि तयार छौं।’


वरुणको यस्तो जवाफले रोहन चाँडै विवाह गर्ने सुरसारमा रहेको संकेत गरेको छ। हाल श्रद्धा भने रणवीर कपुरसँग नयाँ फिल्म ‘लभ रन्जन’को तयारीमा छिन्। रोहनसँग विवाहको हल्लाबारे उनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन्।

प्रतिकृया