आजको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७८ भाद्र १४ गते, सोमबार ११:३९

binimaya

१४ भाद्र, २०७८ काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको विनिमय दर स्थिर कायम भएको बताएको छ । आजको विदेशी विनिमय दर तोक्दै डलरको खरिद÷बिक्री दर स्थिर रहेको बताएको हो । हिजो डलरको भाउ एकै दिन ८० पैसाले घटेको थियो ।


यसैगरी, आज एक युरोको बिक्री मूल्य १३९.४१ र खरिद १३८.७० रुपैयाँ तथा एक पाउण्डको बिक्री मूल्य १६२.७४ र खरिद मूल्य १६१.९२ रुपैयाँ छ । यसका साथै, आज अष्ट्रेलियन डलरको बिक्री ८६.७२ र खरिद दर ८५.९८ रुपैयाँ तथा सिंगापुर डलरको बिक्री ८७.८१ र खरिद ८७.३६ रुपैयाँ छ ।


यता १० जापानी येनको बिक्री १०.७६ र खरिद दर १०.७१ रुपैयाँ, साउदी अरबको रियालको बिक्री ३१.५२ र खरिद मूल्य ३१.३६ रुपैयाँ र कतारी रियालको बिक्री ३२.२७ रुपैयाँमा हुँदा खरिद दर ३२.१० रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।


यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई) को बिक्री ३२.१८ र खरिद ३२.०२ रुपैयाँ तथा मलेसियन रिंगटको बिक्री २८.२१ रुपैयाँमा हुँदा खरिद २८.०७ रुपैयाँ कायम रहेको बैंकले जनाएको छ । यसैगरी, १०० कोरियन वनको बिक्री १०.१७ र खरिद १०.१२, हङकङको एक डलरको बिक्री १५.१८ र खरिद १५.१० तथा चिनियाँ युआनको बिक्री १८.२६ र खरिद १८.१७ रुपैयाँ छ ।

प्रतिकृया