• १३ असोज २०८३, मंगलबार
  • ६ः४० बेलुका

एमबाप्पेलाई भित्र्याउन रियल म्याड्रिडले १६ करोडको प्रस्ताव राख्यो

प्रकाशित मिति

२०७८ भाद्र ९ गते, बुधबार १०:३१

९ भाद्र, २०७८ काठमाडौँ : रियल म्याड्रिडले कालियन एमबाप्पेलाई क्लबमा भित्र्याउने इच्छा निकै अघिदेखि देखाइरहेको छ । तर, औपचारिक प्रस्ताव भने पहिलोपटक टेबल गरेको छ । स्पेनिस वेवसाइटक मार्काका अनुसार रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले १६ करोड युरोको प्रस्ताव पिएसजीसामु राखेका हुन् ।

National Life

अगस्ट ३१ सम्म यस सिजनको खेलाडी स्थानान्तरणको समयसीमा बाँकी छ । त्यसैले अझै पनि एमबाप्पेलाई क्लबमा भित्र्याउन सकिनेमा पेरेज विश्वस्त छन् ।​ ​एमबाप्पे र पिएसजीबीच केवल १ वर्षको करार मात्रै बाँकी छ । त्यहीकारण राम्रो मुल्य प्राप्त भएका बेला पिएसजीले उनलाई बेच्न पनि सक्छ ।


२२ वर्षीय फ्रान्सेली स्ट्राइकर एमबाप्पे वर्तमान पुस्ताका उत्कृष्ट खेलाडीमध्ये एक मानिन्छन्, फ्रान्सलाई २०१८ को विश्वकप उपाधि जिताउन उनको भूमिका महत्वपूर्ण थियो । -एजेन्सी

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया