एमएमएस लिक भएपछि रुँदै लाइभमा आइन् अभिनेत्री
प्रकाशित मिति
२०७८ श्रावण ३० गते, शनिबार ०८:१३
३० साउन, २०७८ एजेन्सी : त्रिशाकर मधु भोजपुरी फिल्मकी चर्चित अभिनेत्री हुन् । यतिबेला उनी सामाजिक सञ्जालमा चर्चामा छाएकी छन् । चर्चाको बिषय उनको एक एसएमएस बनेको छ । जसमा उनी केटाका साथमा देखिएकी छन् । एमएमएसमा भाइरल भइरहेको छ । भिडियो सार्वजनिक गर्ने ब्यक्ति प्रति उनी आक्रोशित बनेकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘भगवानले सबै देख्छन् । मलाई गाली खुवाउन मेरो प्राइभेट भिडियो भाइरल गर्दिए । उनले भिडियो सार्वजनिक गर्नेलाई प्रश्न गरेकी छन्, ‘यदि तपाइँको बहिनीसँग कसैले विवाह गरेर अर्को दिन सुहागरातको भिडियो भाइरल गर्दियो भने राम्रो लाग्छ हो रु ।’ ‘बिहारमा नराम्रा केही ब्यक्ति पनि रहेछन् । मलाई थाहा थिएन’ उनले अगाडि भनेकी छन् ।
भिडियो लाइभमा उनले रुँदै भनेकी छन् ‘म के गरु केही सोच्न सकेको छैन ।’ मानिसहरु उनलाई अहिले प्रश्न गरिरहेका छन्, भिडियोमा को हुन् रु । भिडियोका कारण अभिनेत्रीको सामाजिक सञ्जालमा आलोचना समेत भइरहेको छ ।
आलोचनाको कारण उनले आफ्नो फेसबुक अकाउन्ट समेत प्राइभेट गरेकी छन् ।
अहिलेसम्म भिडियो सार्वजनिक गर्ने ब्यक्ति थाहा हुन सकेको छैन । मधुले कयौं भोजपुरी स्टार्ससँग काम गरिसकेकी छन् । उनको फिल्म अभिनय दर्शकले रुचाउने गरेका छन् । एमएमएस बाहिर आएपनि सोही दर्शकको आलोचना खेप्नु परिरहेको छ ।







प्रतिकृया