• ४ साउन २०८३, सोमबार
  • ३:१५ बिहान

सुनको मूल्यमा सामान्य वृद्धि

प्रकाशित मिति

२०७८ श्रावण २९ गते, शुक्रबार १२:२२

२९ साउन, २०७८ काठमाडौँ : साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर तोलामा ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।


यस्तै तेजावी सुन तोलामा ८९ हजार २५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच शुक्रबार चाँदीको मूल्य भने रु ५ घटेको छ । बिहीबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ११८५ रुपैयाँमा कारोबार भएको हो।

Kamana Sewa

प्रतिकृया