• ४ साउन २०८३, सोमबार
  • ९:४८ बेलुका

ह्याकरले चोरे ६० करोड डलरको क्रिप्टोकरेन्सी

प्रकाशित मिति

२०७८ श्रावण २९ गते, शुक्रबार १२:३१

२९ साउन, २०७८ काठमाडौँ : क्रिप्टोकरेन्सीमाथि ह्याकरहरुले अहिलेसम्मकै ठूलो हमला गरेका छन् । ब्लकचेन साइट पोली नेटवर्कका अनुसार ह्याकरहरुले ६० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोर्न सफल भएका छन् । क्रिप्टोकरेन्सी प्रणालीमा रहेको कमजोरीलाई दुरूपयोग गर्दै उनीहरुले इथर लगायतका क्रिप्टोकरेन्सीका हजारोँ डिजिटल टोकन हात पारेका छन् ।


पोली नेटवर्कले ट्वीटरमार्फत् ह्याकरहरुलाई सम्बोधन गर्दै सम्पर्कमा आउन र ह्याक गरिएका डिजिटल टोकन फिर्ता गर्न अनुरोध गरेको छ ।अन्ततः ह्याक गरिएको घण्टौँपछि ह्याकरहरुले कब्जामा लिएका डिजिटल टोकन फिर्ता गर्न सुरु गरे । सुरुमा सानो परिमाणमा टोकन फिर्ता गरेका ह्याकरहरुले पछि भने दशौँ लाखको संख्यामा डिजिटल टोकन फिर्ता गरे ।

Kamana Sewa

ह्याकरलाई ट्वीटरमा लेखेको पत्रमा पोली नेटवर्कले भनेको छ, ‘तिमीहरुले ह्याक गरेको रकम विकेन्द्रित वित्तको इतिहासमै सबैभन्दा ठूलो ह्याकिङ हो । कुनैप्नि मुलुकको कानून कार्यान्वयन निकायले यसलाई प्रमुख आर्थिक अपराधको रुपमा लिनेछ र तिमीहरुलाई कानूनी दायरामा ल्याउनेछ । तिमीहरुले चोरी गरेको रकम दशौँ हजार क्रिप्टो समुदायका सदस्यहरु अर्थात् दशौँ हजार आम मानिसहरुको हो ।’

Classic Tech Desktop

पोली नेटवर्कका अनुसार ह्याकरहरुले कन्ट्रयाक्ट कल्समा रहेको समस्याको फाइदा उठाउँदै क्रिप्टो प्रणाली ह्याक गरेका थिए । रिपोर्ट अनुसार ह्याकरहरुले २६ करोड ७० लाख इथर, २५ करोड २० लाख बाइनान्स क्वाइन्स तथा साढे ८ करोड युएसडिसी टोकन ह्याक गरेका हुन् ।

एजेन्सीको सहयोगमा

प्रतिकृया