• १३ असोज २०८३, मंगलबार
  • ४ः०९ बेलुका

भावुक हुँदै मेस्सीले भने, ‘म बार्सिलोनामै रहन्छु भन्नेमा ढुक्क थिएँ’

प्रकाशित मिति

२०७८ श्रावण २४ गते, आईतवार ०४:१५

२४ साउन, २०७८ एजेन्सी : लियोनेल मेस्सीले बार्सिलोना छाडेर जाने खबरले केही दिन अघि पुरै विश्वलाई आश्चर्यचकित बनायो । नयाँ करार सम्झौता गर्ने पूर्वसहमति भए पनि क्लबको आर्थिक अवस्थाका कारण मेस्सीले क्लब छाड्न परेको बताइएको छ । क्लबबाट बिदा हुन अघि आइतबार मेस्सीले पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

National Life

सम्मेलनमा मेस्सी शुरुदेखि नै भावुक देखिएका थिए । सभाहलमा प्रवेश गर्ने बित्तिकै रोएका मेस्सी आफ्ना कुरा राख्दा आँशु रोक्ने प्रयासमा थिए । ‘हामी यहीँ बस्ने छौँ भन्नेमा ढुक्क थियौँ । म, मेरो परिवारलाई बार्सिलोनामा रहनेछौँ,’ उनले भने, ‘तर अब सबैलाई गुडबाई गर्नुपर्ने भएको छ ।’


२१ वर्ष क्लबमा रहँदा आफूले धेरै कुरा पाएको बताउँदै उनले आफ्ना सबै समकक्षीहरुलाई धन्यवाद दिए । ‘सत्य यो हो कि म छाडेर जाँदैछु,’ मेस्सीले भने, ‘यसरी बिदा हुनुपर्छ भनेर मैले सोचैकै थिइनँ ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया