• ११ असोज २०८३, आइतबार
  • २ः१३ दिउँसो

बागमतीमा १८ वर्षमाथिका सबैलाई कोभिड खोप लगाउने तयारी

प्रकाशित मिति

२०७८ श्रावण १० गते, आईतवार ०२:२१

१० साउन, २०७८ काठमाडौँ : वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले चालू आर्थिक वर्षको प्रथम चौमासिकभित्रै प्रदेशका १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड खोप लगाउन पहल गरिने बताएका छन् । यसका लागि सङ्घीय सरकारसँगको समन्वयमा अन्तर्राष्ट्रिय खोप बिक्रेता कम्पनीसँग सम्पर्क गरिरहेको आज रासससँगको संक्षिप्त कुराकानीमा उनले सो जानकारी दिएका हुन् ।

National Life

लिच्छवि र मल्लकालीन सम्पदा पुनः निर्माणका लागि नेपाली मौलिकता र सांस्कृति झल्किने गरी पुनःनिर्माण गर्न प्राविधिकलाई निर्देशन दिइसकिएको र चालू आवको दोस्रो चौमासिकभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे । चालू आर्थिक वर्षभित्रै थप कूल एक हजार ४८८ हेक्टर जमीनमा नयाँ सिँचाइ आयोजना निर्माण गरी पानी उपलब्ध गराउने लक्ष्य अनुरुप बजेट विनियोजन गरिसकिएको जानकारी दिँदै मन्त्री फुयाँलले चितवनको नारायणीमा लिफ्ट सिँचाइ आयोजनाको पम्प हाउस ‘ए’ लाई आधुनिकीकरण गर्न बजेट विनियोजन गरी काम थालिएको चर्चा गरे ।


प्रदेशको सबै जिल्लामा भौतिक पूर्वाधार निर्माणका लागि प्राविधिक क्षमता अभिबृद्धि गरिने, काठमाडौँको चन्द्रज्योति, फर्पिङ र सुन्दरीजल जलविद्युत् गृह संरक्षण गरी नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा यस मन्त्रालयमा उच्चस्तरीय विज्ञहरुलाई अध्ययन, अनुसन्धानका लागि छुटृै महाशाखा स्थापना गरिने र यस प्रदेशभित्र पूर्ण उज्यालो कार्यक्रमअन्तर्गत दोलखा, रसुवा र नुवाकोटमा वैकल्पिक ऊर्जा प्रविधि जडानका लागि काम भइरहेको पनि उनले जाकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री फुयाँलले चालू आर्थिक वर्षमा विभिन्न जिल्लामा पक्की पुल र सडक निर्माणका आयोजनास्थलको अनुगमन गरिएको र विद्युतीय बस खरीद गरी सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रियस्तरमा बोलपत्र आह्वान भई ३० वटा बस खरीदका बोलपत्र आह्वान गर्नाका साथै विसं २०७९ जेठ मसान्तभित्र काठमाडौँलगायत विभिन्न स्थानमा बस सञ्चालनमा ल्याइने बताए ।


हेटौँडा, भरतपुर, काठमाडौँ, बनेपा, त्रिशूली र सिन्धुलीमा विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण आगामी वैशाख महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको, त्रिभुवन राजपथ अन्तर्गत पर्ने हेटौँडा–वीरगञ्ज सडकखण्डको चुरीयामाईमा रहेको १०४ वर्ष पुरानो करिब २०० मिटर लामो सुरुङमार्ग पुनः सञ्चालनका लागि काम थालिएको र काठमाडौंँ उपत्यकाबाहेक १० जिल्लामा कृषि उत्पादन भण्डारण गर्न १० वटा वातावरणीय शीत भण्डार गृह निर्माणका साथै हेटौंडास्थित सिसौँंघारीमा धुलो दूध उत्पादनका लागि जोड दिइएको उनको भनाइ थियो । –रासस

प्रतिकृया