• २ असोज २०८३, शुक्रबार
  • २ः५६ दिउँसो

महेश बाबुले अस्वीकार गरे ऋतिक रोशनको मेगा बजेट फिल्म

प्रकाशित मिति

२०७८ श्रावण १० गते, आईतवार १०:५५

१० साउन, २०७८ काठमाडौँ : साउथ इन्डियन सुपरस्टार महेश बाबुले बलिउड सुपरस्टार ऋतिक रोशनको फिल्म खेल्न अस्वीकार गरेका छन् । महेश बाबुले ऋतिक रोशनको मेगा बजेट फिल्म ‘रामायण’ खेल्न अस्वीकार गरेका हुन् । फिल्म निर्माता मधु मन्टेनाले नितिश तिवारीसँग ‘रामायण घम् ’ फिल्म बनाउने घोषणा गरेका थिए ।

National Life

यता, ‘रामायण’ मा भने ऋतिक रोशन र दीपिका पादुकाण मुख्य भूमिकामा देखिनेछन् । उक्त फिल्ममा महेश बाबुलाई ‘रामायण’ को भूमिकाका लागि अफर गरिएको थियो । तर उनले उक्त फिल्म गर्न अस्वीकार गरिदिए । सुत्रका अनुसार मधु मन्टेना र नितिश तिवारीले अर्को वर्ष सन् २०२२ को मध्यबाट ‘रामायण’ को सुटिङ गर्न सुरु गर्ने योजना बनाएका थिए ।


तर महेश बाबुले उक्त समयमा एस एस राजमौलीको फिल्म गर्ने घोषणा गरिसकेकोले उनले फिल्म खेल्न अस्वीकार गरेका हुन् ।उक्त फिल्ममा ऋतिक रामायणको भूमिकामा, सीताको भूमिकामा दीपिका देखिनेछिन् भने रामको भूमिकाका लागि अभिनेताको खोजी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया