• ११ असोज २०८३, आइतबार
  • १०ः२६ बिहान

नेपाल खेलकुद महासंघद्वारा बहिरा तथा दृष्टिविहिन खेलाडीलाई राहत वितरण

प्रकाशित मिति

२०७८ असार २६ गते, शनिबार ०१:३६

धन बहादुर लामा
काठमाडौँ :
नेपाल खेलकुद महासंघले बहिरा तथा दृष्टिविहिन खेलाडीहरूका लागि राहत वितरण गरेका छन् । महासंघले जोइन ह्याण्डस् फर नेपालको सहयोगमा जोरपाटीको नयाँबस्ती स्थित अस्थायी बसोबास गरिरहेका बहिरा तथा दृष्टिविहीन कराते र जुडो खेलाडीहरूलाई राहत वितरण गरेका हुन् । महासंघ र जोइन ह्याण्डस् फर नेपालको सहकार्यमा बहिरा तथा दृष्टिविहिन खेलाडीका १७ परिवारलाइ ५० हजार बराबरको दैनिक उपभोग्य सामग्रीहरू उपलब्ध गराइएको छन् ।

National Life

उपभोग्य सामग्रीहरूमा चामल, दाल, आलु साबुन, नुन, तेल, चाउचाउ, मास्क, सेनिटाइजरसहित नगद सहयोग रहेका छन् । कोभिड–१९ का कारण लामो समय लकडाउन भएर दैनिक ज्याला मजदुरी गरी समस्यामा रहेका बहिरा तथा दृष्टिविहिन खेलाडीका परिवारलाई हाल जापानमा बसोबास गरिरहेका जोइन ह्याण्डस् फर नेपालका ११ जना पदाधिकारीहरुले सहयोग गनुभएको थियो। श्याम महर्जनको अगुवाईमा जोइन ह्याण्डस् फर नेपालमार्फत् सहयोग गर्नेहरूमा दिनेश महर्जन, राजिव महर्जन, विकास श्रेष्ठ, रमोद महर्जन, सुमित जोशी, अञ्जना डंगोल, आकिको महर्जन, सानु महर्जन, ग्रिस्मा श्रेष्ठ र लुमा बज्राचार्य रहेका दाताहरु हुनुहुन्छ ।


राहत वितरण जोइन ह्याण्डस् फर नेपालका मुख्य अगुवा श्याम महर्जन र नेपाल खेलकुद महासंघका महासचिव धर्म कुमार श्रेष्ठको चितवन महिला खेलकुद बिभाग प्रमुख तथा केन्द्रीय सदस्य डिलकुमारि नेपालको पहलमा उक्त राहत बितरण गनुभएको थियो ।खेलाडीका परिवारलाई राहत वितरण महासंघका मानार्थ उपाध्यक्ष कुमार ओझा र महासचिब धर्म कुमार श्रेष्ठ सनजु महजनले गनुभएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया