• ११ असोज २०८३, आइतबार
  • १२ः५१ दिउँसो

प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न – पूर्वप्रमको उपचार खर्च व्यहोर्ने निर्णय कुन कानूनमा टेकेर गर्नुभयो ?

प्रकाशित मिति

२०७८ असार २६ गते, शनिबार १२:५७

काठमाडौँ : नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वप्रधानमन्त्रीका लागि राज्य कोषबाट उपचारका खर्च दिनु कानून विपरीत भएको बताएका छन् । पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय भएपछि थापाले कानून विपरीत भएको भन्दै प्रश्न उठाएका हुन् ।

National Life

‘प्रधानमन्त्री ज्यू अब भन्नुस् पूर्वप्रमको खर्च व्यहोर्ने निर्णय कुन कानूनमा टेकेर गर्नुभयो ?’ थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । पूर्व स्वास्थ्मन्त्रीसमेत रहेका थापाले उच्च ओहोदामा बसेका व्यक्तिको उपचार गराउँदा मन्त्रालयले सिफारिस गर्ने र मन्त्रिपरिषदले निर्णय गर्ने प्रचलनलाई हटाएर उपचार खर्च नव्यहोर्ने कानून बनेको स्मरण गराएका छन् ।


प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै ०७४ सालमा ल्याएको जनस्वास्थ्य विध्येक विदेशमा उपचार गर्न लाग्ने खर्च सरकारले उपलब्ध नगराउने व्यवस्थासहित पारित भएको थियो । उक्त कानून २०७५ साल असोज २ गतेदेखि नै लागू भैसकेको समेत नेता थापाले प्रधानममन्त्रीलाई स्मरण गराएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

थापाले अघि भनेका छन्, ‘कानूनले स्पष्ट भन्छ जहाँ जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको एक रुपैयाँ पनि तिर्न मिल्दैन।’

प्रतिकृया