• ११ असोज २०८३, आइतबार
  • १०ः२६ बिहान

१७ वर्षपछि युरोकप फाइनलमा नयाँ टिम

प्रकाशित मिति

२०७८ असार २४ गते, बिहीबार १०:४३

काठमाडौँ : युरोकप २०२० को उपाधिका लागि इटली र इंग्ल्याण्ड भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पारजित गर्दै इंग्ल्याण्डले फाइनलमा इटलीसँग भेट पक्का गरेको हो । वेम्वलीमा भएको खेलमा इंग्ल्याण्डलले एक गोलले पछि परेर पनि नतिजा उल्टाएको हो । त्यसअघि इटलीले स्पेनलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।

National Life

इंग्ल्याण्ड ठूलो प्रतियोगितामा ५५ वर्षपछि र युरोकपमा पहिलो पटक फाइनल पुगेको हो । यसअघि सन् १९६६ मा घरेलु मैदानमै भएको विश्वकपको उपाधि इंग्ल्याण्डले जितेको थियो । यस्तै युरोकपको फाइनलमा पुग्ने इंग्ल्याण्ड १३औं टिम बनेको छ । यसअघि १२ टिमले फाइनल खेल्दा १० टिमले उपाधि जितिसकेको छ । युगोस्लाभिया र बेल्जियमले फाइनल पुगेर पनि उपाधि जित्न सकेको छैन ।


यस्तै १७ वर्षपछि युरोकपमा नयाँ टिम फाइनल पुगेको हो । सन् २००४ मा दुई नयाँ टिम ग्रीस र पोर्चुगल फाइनल पुगेका थिए । जहाँ ग्रीसले पोर्चुगललाई हराएर उपाधि जितेको थियो । इटली र इंग्ल्याण्ड अपराजित रहँदै फाइनल पुगेका हुन् । इटलीले अहिलेसम्म खेलेको ६ वटै खेल जितेको छ । समूह चरणको तीन खेलमा कुनै गोल नखाइ जित हात पारेको इटलीले नकआउट चरणका तीन मध्ये एक खेल पेनाल्टी सुटआउट र एक खेल अतिरिक्त समयमा जितेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै इंग्ल्याण्डले समूह चरणमा दुई जित र एक बराबरी खेलेको थियो । त्यसपछि जर्मनी र युक्रेनलाई निर्धारित समयमै हराएको इंग्ल्याण्डले डेनमार्कलाई अतिरिक्त समयमा हराएको हो ।

प्रतिकृया