• ११ असोज २०८३, आइतबार
  • १०ः५६ बिहान

पाल्पामा पहिरोले ५ घर बगायो, १ जनाको मृत्यु, सिद्धार्थ राजमार्ग अवरुद्ध

प्रकाशित मिति

२०७८ असार २४ गते, बिहीबार ०९:०८

फाइल तस्बिर

National Life

रूपन्देही : केही दिनदेखिको वर्षाका कारण खसेको पहिरोमा पुरिएर पाल्पाको तिनाउ गाउँपालिका–५ मा बिहीबार एकजनाको मृत्यु भएको छ । पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।


सिद्धार्थ राजमार्गअन्तर्गत हिउँदेखोला नजिकै खसेको पहिरोमा चार वर्षीय बालक बेपत्ता छन् भने ७ जना घाइते छन् । हिउँदे खोलामा खसेको पहिरोले ६ घर बगाएको छ । तिनाउ–५ कै अन्दाजी ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । पूजा परियारका चार वर्षीय छोरा आरोप बेपत्ता भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

दोभान प्रहरी चौकीका अनुसार नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोले बगाएको छ ।


पहिरोले सिद्धबाबा क्षेत्रमा पहिरो खसेर सिद्धार्थ राजमार्ग अवरुद्ध भएपनि नियमित पानी परिरहेकाले खुलाउने काम शुरू हुन नसकेको प्रदेश ट्राफिक कार्यालय बुटवलका प्रवक्ता डिल्लीनारायण पाण्डेले बताए ।

प्रतिकृया