• १२ असोज २०८३, सोमबार
  • ११ः४७ बिहान

युरोको बहुप्रतिक्षित खेलमा इटली र स्पेन भिड्दै

प्रकाशित मिति

२०७८ असार २२ गते, मंगलवार १०:२७

काठमाडौँ : रोबर्टो म्यान्सिनीले इटलीको टोलीलाई निकै उत्कृष्ट बनाएका छन् । जारी प्रतियोगितामा इटलीले सबै खेल जितेको छ । आज उसले सेमिफाइनलमा स्पेनको सामना गर्दैछ । यो खेल नेपाली समयअनुसार मध्यराती १२ः४५ मा हुनेछ । यता, इटली ३२ खेलयदेखि पराजित छ । तर, एकै रातरात इटली स्पेन बन्न नसक्ने दाबी प्रशिक्षक म्यान्सिनीले गरेका छन् । ‘हामी इटली हौं र हाम्रो आफ्नै शैली छ । उनीहरुको निकै परिभाषित शैली छ र हामी इटली हौं ।’

National Life

इटलीको सफलतामा जर्जियो चिल्लिनी र लियोनार्डो बोनुसीको पर्खाल सरह मानिने रक्षापंक्तीको भूमिका महत्वपूर्ण छ । ‘उनीहरुले निकै राम्रो खेलिरहेका छन् र हामी आफ्नो पोजिसनमा उत्कृष्ट हौं भनेर देखाउन चाहन्छन्,’ म्यान्सिनीले थपे,‘हामीलाई आशा छ, जर्जियोले यो स्तरमा अझै उत्कृष्ट प्रदर्शन जारी राख्नेछन् ।’ म्यान्सिनीले स्पेनका प्रशिक्षक लुईस इन्रिक्युको पनि उच्च प्रशंसा गरेका छन् । ‘उनी महान् प्रशिक्षक हुन् र बार्सिलोनाका लागि च्याम्पियन्स लिग जितेकै कारणले मैले यस्तो भनिरहेको छैन,’ म्यान्सिनीले भने, ‘उनको टोलीले अहिले निकै उत्कृष्ट फुटबल खेलिरहेको छ ।’


स्पेनविरुद्ध निकै कडा प्रतिस्पर्धा हुने पनि उनले बताएका छन् । आफ्ना खेलाडीहरुलाई गल्ती नगर्न पनि उनल चेतावनी दिइसकेका छन् ।इटलीले समूह चरणमा टर्की,वेल्स र स्विचरल्यान्डलाई हराएको थियो । त्यस्तै, अन्तिम–१६ मा अस्ट्रिया र क्वाटरफाइनलमा बेल्जियमलाई हराउँदै इटली सेमिफाइनल आइपुगेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

यता, प्रतियोगिताका सुरुवाती दुई खेलमा स्विडेन र पोल्यान्डविरुद्ध बराबरी खेलेको स्पेनले तेस्रो खेलमा स्लोभाकियालाई हराएको थियो । अन्तिम १६ मा क्रोयशिया र क्वाटरफाइनलमा स्विचरल्यान्डलाई हराउँदै स्पेनले सेमिफाइनलमा स्थान बनाएको हो । क्रोयशियाविरुद्ध ३–३ गोलको बराबरीपछि स्पेनले अतिरिक्त समयमा खेल ५–३ ले जितेको थियो । त्यस्तै, स्विचरल्यान्डविरुद्ध टाइब्रेकरमा जित हासिल ग¥यो ।


स्पेनका प्रशिक्षक इनरिक्यु आफ्ना खेलाडीहरुले उत्कृष्ट खेल्नेमा ढुक्क छन् । ‘म मैदानबाहिरको नेतामात्रै हुँ । वास्तविक नेता त खेलाडी हुन् । र, मसँग पर्याप्त खेलाडी छन्, मैदान उत्रिने र बेन्चमा बस्ने खेलाडी पनि । हामीले खेल जितेर फाइनल यात्रा गर्ने भनेको ती खेलाडीकै कारणले हो ।’ इटली र स्पेनबीचको हेड टु हेड नतिजामा भने स्पेन अघि छ । स्पेनले अहिलेसम्म १२ खेल जितेको छ भने १३ खेल बराबरीमा सकिएको छ । त्यस्तै ११ खेल इटलीले जितेको छ । -एजेन्सी

प्रतिकृया