• १२ असोज २०८३, सोमबार
  • २ः५७ दिउँसो

चीनसँग कोरोना खोप खरिदको सम्झौता, असार २४ देखि आपूर्ति हुने

प्रकाशित मिति

२०७८ असार १९ गते, शनिबार ०४:५४

काठमाडौँ : सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोरोनाविरुद्धको भेरोसेल खोप खरिदको सम्झौता गरेको छ ।सम्झौताअनुसार असार २४ गतेबाट खोप आपूर्ति हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारबाट चीनको बेइजिङस्थित सिनोपार्म कम्पनीसँग खोप खरिदको लागि भएको सम्झौता अनुसार २०७८ असार २४ गतेबाट खोप आपूर्ति शुरु भइ तत्पश्चात साप्ताहिक रुपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको छ ।’

National Life

यस्तो छ पत्र


राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने भएको छ । सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइड बडी ए ३३० जहाज पठाउने तयारी गरिएको निगमले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

निगमका महाप्रबन्धक डिमप्रकाश पौडलले चीनबाट खोप ल्याउनका लागि वाइड बडी जहाज बेइजिङ पठाउने तयारी गरिएको बताए । खोप लिएर निगमको जहाज भोलिपल्ट काठमाडौँ फर्किनेछ ।


महाप्रबन्धक पौडेलले भने, “चीनबाट खोप ल्याउन निगमलाई सरकारको निर्देशन भएबमोजिम तयारी गरिएको छ, खोपको डोज तथा उक्त खोप अनुदानको हो या खरिदको भन्ने अहिले खुलिसकेको छैन हामीले आफ्नो तयारी थालिसकेका छौँ ।” पहिलो उडानमा १० लाख डोज खोप ल्याउने गरी तयारीमा रहन निगमलाई निर्देशन दिइएको छ ।

प्रतिकृया