• ११ असोज २०८३, आइतबार
  • १०ः२२ बिहान

फ्रान्स बलियो भएर फर्किने छ: पोग्बा

प्रकाशित मिति

२०७८ असार १६ गते, बुधबार ०३:११

काठमाडौँ : पौल पोग्बाले फ्रान्स अन्तर्राष्ट्रिय फुटबलमा बलियो बनेर फर्कने वाचा गरेका छन् । युरो २०२० को अन्तिम-१६ बाटै फ्रान्स बाहिरिएपछि पोग्वाले बलियो भएर फर्कने र फुटबल कहिले निर्दयी र कहिले एकदमै आनन्ददायी हुने बताए ।

National Life

प्रतियोगिता सुरु हुनुअघि उपाधि दाबेदार मानिएको फ्रान्स अन्तिम १६ मा स्वीट्जरल्यान्डसँग रोमाञ्चक लडाईंको पेनाल्टी सुट आउटमा ५-४ गोलको नतिजामा पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएको छ । युरो २०१६ को फाइनलमा पुगेको र विश्वकप २०१८ को च्याम्पियन फ्रान्सले ३-१ को नतिजा बचाउन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।


अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि पेनाल्टीसम्म पुगेको खेलको पेनाल्टी सुट आउटमा फ्रान्स पराजित भएको थियो । ‘त्यो खेलले हामीलाई दुस्ख लाग्यो तर हाम्रा प्रतिस्पर्धीलाई खुसी,’ पोग्बाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यो नै फुटबलको सुन्दर पक्ष हो ।

Classic Tech Mobile
Classic Tech Desktop

हामीले पनि सकारात्मक नतिजाको अपेक्षा पक्कै गरेका थियौं ।’ ‘हामी हाम्रो शीर उच्च राखेर अझै बलियो भएर फर्कने छौं,’ पोग्बाले भने, ‘अन्त्यमा म स्वीट्जरल्यान्डलाई बधाई दिन चाहन्छु ।’

प्रतिकृया