• १४ असोज २०८३, बुधबार
  • १२ः४८ राती

महालक्ष्मी नगरपालिकाको आ. व. २०७८-०७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

प्रकाशित मिति

२०७८ असार ९ गते, बुधबार १२:१५

ललितपुर : महालक्ष्मी नगरपालिकाको आ. व. २०७८-०७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारितले पारित भएको छ । नीति तथा कार्यक्रममा कोभिड–१९ को तेस्रो लहर आउन सक्ने जोखिम रहेको र तेस्रो लहरमा महालक्ष्मी नगरपालिकालाई कोरोना संक्रमणमुक्त बनाउन आगामी दिनमा सबै नागरिकलाई खोपको प्रबन्ध गरिने भएको छ।

National Life

नगरपालिकाको मंगलबार सुरु भएको दसौं नगरसभामा आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाका उपप्रमुख निर्मला थापाले सो नीति बनाएको जानकारी दिइन्। त्यसैगरी उपप्रमुख निर्मला थापाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक राजश्व तथा व्ययको अनुमान (बजेट) र न्यायिक समितिको प्रतिवेदन २०७८ सभा समक्ष पेस गरेकी छन् । त्यसैगरी सभा सदस्य श्री लक्ष्मण रोक्काले आर्थिक विधेयक २०७८ सभा समक्ष पेस गरेको छ ।


बैठकमा बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति एवम् प्रदेश सभा सदस्य मा. माधवप्रसाद पौडेलज्यूको आतिथ्यता रहेको थियो । ‘नगरपालिकालाई कोभिड १९ महामारीमुक्त बनाउने पहिलो प्राथमिकतामा राखी महामारी रोकथामका लागि आवश्यक स्वास्थ्य सजगता पालना गराउने र केहि महिनाभित्र नगरबासीलाई खोपको व्यवस्था गरिएको छ।’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख निर्मला थापाले भनिन्।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसका लागि नगरपालिकाले कोरोना संक्रमणको परीक्षणलाई बढाउने र स्वास्थ्य सेवालाई चुस्त र गुणस्तरीय बनाउने भएको छ। कोरोनाविरुद्ध लड्न नगरपालिकाले पर्याप्त औषधि, चिकित्सक, स्वास्थ्य सामग्रीको व्यवस्थापन र परिचालन गर्ने नीति अवलम्बन गरेको नगरप्रमुख रामेश्वर श्रेष्ठले बताए ।


नगरबासीलाई कोरोना भाइरसबाट बचाउन आवश्यकता बमोजिम परीक्षण, संक्रमण लक्षण देखिएकालाई तत्काल उद्दार, आइसोलेसन तथा कन्ट्याकमा आएकालाई टे«सिङ गर्ने कार्यलाई थप व्यवस्थित गर्ने उनको भनाइ छ। जनस्वास्थ्यलाई प्राथमिकतामा राखी कोभिड नियन्त्रण कोषको गठन गरिने पनि उनले जानकारी दिए।

प्रतिकृया