• १२ असोज २०८३, सोमबार
  • १०ः०७ बिहान

पत्रकार सम्मेलनमा प्रायोजक ड्रिङ्क्सका बोतल नहटाउन युइएफएको निर्देशन

प्रकाशित मिति

२०७८ असार ४ गते, शुक्रबार ०१:०४

एजेन्सी : क्रिस्टियानो रोनाल्डोले कोका–कोलाको बोटल हटाएसँगै सुरु भएको स्पोनसरको बोतल हटाउने लहर चलेपछि युइएफले युरो २०२० मा सहभागी टोलीहरूलाई त्यस्तो नगर्न आग्रह गरेको छ ।

National Life

युरो २०२० कै पत्रकार सम्मेलनका दौरान आफ्नो कुर्सी नजिक भएका स्पोनसर ड्रिङ्क्सका बोतल रोनाल्डो, पौल पोग्बा र म्यानुएल लोकाटेलीले हटाएका थिए ।


युरो २०२० का प्रतियोगिता निर्देशक मार्टिन कालेनले भने-हामीले यसबारे टोलीहरूसँग कुरा गरिसक्यौं । ‘यो आवश्यक थियो, किनभने प्रतियोगिताका लागि प्रायोजकबाट आउने आम्दानी महत्त्वपूर्ण छ,’ कालेनले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया